गत शुक्रबार दिनेश अधिकारी ‘चरी’ माथि आक्रमण भएपछि राजधानीबासीलाई गुण्डागर्दीको पुरानै समयको सम्झना
धादिङ कांग्रेसका नेता रामनाथ अधिकारीका उनी भतिजा हुन्।
तर, कांग्रेस निकटसँगको विवादपछि करिब पाँच वर्षअघि एमाले प्रबेश गरेका
थिए। हाल उनी धादिङमा एमालेको दुई नम्बर क्षेत्रको उपाध्यक्ष छन्। एमाले
ठुला नेताहरूसँग उनको राम्रो सम्बन्ध छ। धादिङ एमालेका नेता राजेन्द्र
पाण्डे चरीका लागि लड्दै आएका छन्। उता चरीले आफूमाथि भण्डारीसहित समिरमान बस्नेतले पनि आक्रमण गरेको बताएका
छन्। भण्डारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको
छ।
तर, बस्नेत पक्राउ परेका छैनन्। घटनामा उनको संलग्नाबारे प्रहरी
अन्योलमा छ। व्यक्तिगत रिसिवीमा चरीले उनको नाम पोलेको हुनसक्ने प्रहरी
आशंका छ। चरी र बस्नेतबीच केही समययता दुश्मनी छ। बस्नेत कांग्रेसका
बिश्वासिला डन कुमार घैंटेका पार्टनर हुन्। त्यसकारण उनलाई नफसाउन
नेताहरूले पनि काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेलाई फोन गरेर
हैरान पारिसकेका छन्। स्रोतका अनुसार घैंटे निकट कांग्रेस नेताहरू रामशरण
महत तथा अर्जुननरसिंह केसी लगायतले बस्नेतलाई जर्बजस्ती फसाउने नहुने भन्दै
प्रहरीलाई फोन गरेका छन्। त्यस्तै तरुण दलका अध्यक्ष उदय शमशेर राणाले पनि
घटनालाई समझदारीमा मिलाउन चरी निकट यूवा संघका नेताहरूलाई फोन गरीरहेका
छन्। विवादकै कारण प्रहरीले चरीले दिएको किटानी जाहेरी लिएको छैन। उनले समिरको
नाम किटानीमा राखेका छन्। तर, प्रहरीले उनको संलग्नताको प्रष्ट प्रमाण
नभएकाले किटानी जाहेरी नलिएको हो। महानगरीय प्रहरी वृत्त कालिमाटीले
भण्डारीलाई भने सोमबार म्याद थप गरिसकेको छ। उनलाई ज्यान मार्ने उद्योग
मुद्दामा कारबाही गरिने जनाइएको छ। घटनामा संलग्न राजेन्द्र लामा घाइते
अवस्थामा प्रहरी नियन्त्रणमा छन्। घटनामा संलग्न पेस्तोल बरामद हुन नसकेको
प्रहरीले जनाएको छ। फेरि प्रतिशोध? आफूलाई आक्रमण गर्नेलाई नछाड्ने भनेर चरीले शिक्षण अस्पतालबाट चेतावनी
दिइसकेका छन्। चरी गुण्डागर्दीमा संलग्नमध्ये उग्र किसिमका व्यक्तिका रुपमा
चिनिन्छन्। यसअघि पनि उनी पटक पटक
No comments:
Post a Comment