पार्टीका नेताहरू मात्र होइन पार्टी निकटका कलाकारहरूलाई पनि चुनावले
छोइसकेको छ। नाम चलेका दर्जनौं कलाकारहरू यतिबेला टिकटको लबिङमा लागेका
छन्। करिअरबाट फेज आउट हुँदै गएपछि नायिका रेखा थापा चुनावमा टिकट पाइएला
भनेर माओवादीमा प्रवेश गरिसकेकी छिन्। टिकट पाए मोरङबाट चुनाव लड्ने गफ
उनले पत्रकार सम्मेलन नै गरेर दिइसकेकी छिन्। त्यस्तै माओवादीतर्फ टिकटका
लागि लबिङ गर्ने अन्यमा विमल पौडेल, पछिल्लो समयमा माओवादी बनेका केपी पाठक
तथा फिल्मबाट खेलकुद क्षेत्रमा लागेका युवराज लामा पनि चुनाव नजिकिएसँग
नेताहरूसँग भेट्न थालेका छन्।
त्यस्तै एमालेबाट निर्देशक दिनेश डिसीले टिकट पाउने सम्भावना रहेको बताउँदै हिंड्न थालेका छन्। त्यस्तै महानायक राजेश हमाल कांग्रेसबाट चुनाव लड्ने हल्ला चलेको छ। चुनावमा लड्ने इच्छा भए पनि पार्टीमा नलाग्ने विचार उनले आफ्नो सहयोगीहरूलाई बताउने गरेका छन्।त्यस्तै चलचित्र निर्माता संघका उपाध्यक्ष रोज राणाले पनि टिकटका लागि जिल्लामा बलियो पकड बनाइसकेका छन्। त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष पप्पु भनिने धर्मेन्द्र मतवैया पनि गणतान्त्रिक फोरमबाट समानुपातिकतर्फबाट चुनाव लड्ने योजनामा छन्। यसअघिको संविधानसभा निर्वाचनमा गायिका नलिना चित्रकार फोरमबाट समानुपातिकमा प्रतिस्पर्धा गरेकी थिइन्। चुनावी माहोल सुरु भएसँगै गायिका कोमल वली पनि मधेसी पार्टीमा प्रवेश गर्ने बार्गेनिङमा लागेको स्रोत बताउँछ।

No comments:
Post a Comment