धेरै आलोचकले एमालेलाई कम्युनिष्ट पार्टी नै होइन भन्छन्। तर, मैले अझै पनि एमालेलाई देशको एक सच्चा कम्युनिष्ट पार्टीको रुपमा लिन्छु। यसका कार्यकर्ताका कारण एमाले अझै पनि सच्चा कम्युनिष्ट पार्टीको रुपमा रहेको छ। मार्क्सवाद र लेलिनवादलाई एमालेले अझै छोडेको छैन। मेरो विचारमा सिद्धान्तलाई डोर्याउने नेतृत्व नभएकोले एमालेमाथि अनेक आरोपहरू ल्ाागेका हुन्। एमाओवादीभित्रको पदीय विवादकै कारण धेरैले एमाओवादी पनि छोडेपछि कता जाने भनेर सोधेका छन्। एमाओवादी पार्टी छोड्न लागेको सन्देश पनि बाहिर गएपछि धेरै एमालेका शुभेच्छुकहरूले फेरि फर्कनूस् भने। कतिपयले बल्ल खाइस भनेको पनि थाहा पाएँ। तर मलाई दुवै टिप्पणीमा हार्दिकता महसूस हुन्छ। एमालेबाट राजीनामा दिएपछि मलाई एमाओवादीमा आउन कमरेड प्रचण्डले घरमै आएर आग्रह गर्नुभएको हो। मैले एमाओवादीमा जानलाई एमाले छोडेको होइन। प्रचण्डजीले मसँग त्यतिबेला केही सहमति गर्नुभएको थियो। त्यो पूरा हुनुपर्ने मेरो माग हो, अहिले पनि म त्यही विश्वासमा छु। भएन भने मैले यो वा त्यो के गर्छु भनेर केही भनेको छैन। उहाँहरू सहमतिमा प्रतिबद्ध हुनुहुन्छ अहिले पनि। उहाँले मलाई विश्वस्त पार्नुभएको छ। नेपालका पत्रकार साह्रै खतरनाक छन्। भैरहेको सम्बन्ध माथि पनि प्रश्नहरू खडा गराइदिन्छन्। पत्रकारहरूसँग बोल्न मलाई अल्लि डर लाग्छ। मलाई एमालेमा फर्किनुहुन्न भनेर प्रश्न नसोध्नुस्। किनभने, मैले फर्कने गरी एमाले छाडेको होइन। अहिले यो प्रश्न गर्ने बेला पनि होइन। तर, राजनीतिमा सम्बन्ध भनेको जहिले जे पनि हुन सक्छ। तर, म हिजोजस्तै आज पनि एमालेप्रति सकारात्मक छु। एमालेसँग इमान्दार कार्यकर्ता छन्। थोरैले पार्टी बिगारे। इमान्दारिताको पाठ धेरै मैले एमालेमै सिकेँ। मैले त्यहाँका कार्यकर्तालाई एमाओवादीमा आउँदा पनि उत्तिकै सम्भि्करहेको छु। कार्यकर्ताहरूले आफ्ना नेतालाई पनि आफूजस्तै बनाए एमाले फेरि शक्तिशाली पार्टी बन्न सक्छ। मलाई अनेक भनेर गाली गर्ने र घर फर्किन आग्रह गर्ने दुवै प्रकारका एमाले कार्यकर्ताप्रति मेरो सद्भाव छ। म एक सच्चा र इमान्दार कम्युनिष्ट कार्यकर्ता हुँ, मलाई यो सब ठीक लाग्छ। र, मैले समयलाई पर्खन पनि जानेको छु। फेरि पनि मेरो शुभेच्छा छ, एमाले राम्रो बनोस्। नेताहरूले कार्यकर्ताको भावना बुझुन्।
Wednesday, July 10, 2013
एमालेलाई मिस गरिरहेको छु–रामचन्द्र झा

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment