काठमाडौ,
राष्ट्रसंघका प्रतिनिधिले मंसिर ४ को संविधानसभा चुनावलाई अवरोध नपुर्याउन नेकपा-माओवादीलाई शनिबार आग्रह गरेका छन् ।
बुद्धनगरस्थित माओवादी कार्यालय पुगेका संघका आवासीय समन्वयकर्ता जिमी
म्याकगोल्डरिकले जनतालाई निर्वाध रूपमा मतदानमा सहभागी हुने वातावरण बनाउन
अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका हुन् ।
'तपाईंहरूले गर्ने बहिष्कार शान्तिपूर्ण हो्स,' म्याकगोल्डरिकको आग्रह
उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख सीपी गजुरेलले भने,
'जवाफमा दलहरूले
निर्वाचन आचारसंहिता पालन गरून् । हाम्रा कार्यक्रम
शान्तिपूर्ण नै हुने बतायौं ।'
भेटका क्रममा म्याकगोल्डरिकले बहिष्कारका कस्ता कार्यक्रम छन् भन्ने
जिज्ञासा वैद्यसामु राखेका थिए । वैद्यले चुनावी प्रक्रियामा आफूहरूको
सुरुदेखि नै विरोध रहेको, यस चुनावबाट मुलुकको समस्या समाधन नहुने, झन्
बल्भिmने सम्भावना रहेको बताएका थिए । 'त्यही भएर हामीले चुनाव स्थगन गरौं ।
र, गोलमेचसभामा बसौं भनेका हौं । हाम्रा कुरा सुनिएन,' अध्यक्ष वैद्यले
भनेका थिए । माओवादीले आफ्ना विरोध कार्यक्रममा सरकार पक्षबाट हस्तक्षेप भए
मुठभेड बढ्ने जनाएको थियो ।
राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी) का नेपाल प्रमुखसमेत रहेका
म्याकगोल्डरिकले अध्यक्ष वैद्यसँग विभिन्न जिल्लामा भएका हिंसात्मक
घटनाबारे समेत चासो राखेका थिए ।
No comments:
Post a Comment