Monday, February 24, 2014

दुब्लाएकी अनुले भनिन्, ‘जीरो फिगरको तयारी’

                           एक कार्यक्रममा आकर्षक तबरले प्रस्तुत भएकी नायिका अनु शाहले जीरो फिगर बनाउन लागेको बताइन् । उसो त नेपाली नायिकाहरु दुब्लाएपछि जीरो फिगर बनाउन लागेको जवाफ फर्काउँछन् । नायिका अनु शाहको हकमा पनि यस्तै देखियो । 
                     वन पिस पहिरनमा आकर्षक देखिएकी अनुले आफूले केही तौल घटाएको बताइन् । तर उनले तौल घटाउनुको कारणबारे स्पष्ट पार्न चाहिनन् । ‘आधी बाटो’ हिरोइनले सिने बजारमा खासै सफल सिनेमा भने दिन सकेकी छैनन् । तर पनि उनको व्यस्तता म्यूजिक भिडियोमा धेरै र चलचित्रमा सामान्य नै देखिएको छ । नायिका सुष्मा कार्की र विनिता घिमिरेले पनि जीरो फिगर बनाउन लागेको जनाएका थिए ।
                अहिले नेपाली नायिकाहरुमा जीरो फिगरको ह्याङ चढ्न थालेको छ । तर जीरो फिगर कसरी बन्छ भन्ने जानकारी भने धेरैलाई थाहा छैन । नायिका अनु शाह पनि दुब्लाउँदो शरीरलाई जीरो फिगरको संज्ञा
दिइरहेकी छिन् ।

No comments:

Post a Comment