भनिन्छ हरेक पत्नी आफ्नो पतिलाई खुसी गराउनका
लागि कुनै विकल्प बाँकी राख्दिनन्। बलिउड अभिनेत्री करिना कपुरले भने आफ्ना
पति सैफ अलि खानलाई खुसी पार्नकै लागि भनेर केही काम गर्दैनिन् रे।
उनीहरूसँगै रहे पनि सैफका लागि करिनाले हालसम्म खानासमेत नपकाएको करिनाले
आफैं स्विकारेकी छिन्।
यसभन्दा पहिले करिनाले सैफका लागि व्रत नबसेको बताएकी थिइन्।
भारतीय
सञ्चारमाध्यमले जनाएअनुसार सैफ र करिनाको विवाह भएको एक वर्ष भएको छ। केही
वर्षदेखि उनीहरू सँगै बसेका पनि छन् तर करिनाले सैफलाई इम्प्रेस पार्नका
लागि कहिल्यै पनि आवश्यक ठानिनन्। उनले सैफका लागि कहिल्यै पनि खाना
नपकाउने बताएकी छिन्।
उनका अनुसार घरमा एक कुक छन्, जसले सैफलाई मन पर्ने
खाना बनाउँछन्। अहिले करिना गर्भवती भएको चर्चाले
बलिउड तातेको छ।

No comments:
Post a Comment