२१ चैत काठमाडौ
। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई भेट्न अर्का नेता माधवकुमार
नेपाल नयाँदिल्लीसम्म पुग्नुलाई निकै अर्थपूर्ण मानिएको छ। नेपाल गत आइतबार
(चैत १६) काठमाडौंबाट दिल्ली प्रस्थान गर्नुभएको र उहाँ नयाँदिल्लीस्थित
विमानस्थलबाट ओलीलाई भेट्न सोझै मेदान्त अस्पताल जानुभएको थियो। गत महिना
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको ओलीलाई भेट्न
नचाहेका नेपालले ओलीको रोगमाथि व्यङ्ग्य गर्दै बिरामीहरूको हातमा पार्टी
जान नहुने सार्वजनिक टिप्पणी गर्नुभएको थियो। ओलीको स्वास्थ्यस्थिति विचार
गरी ग्रान्डी अस्पतालमा राखिएको पार्टीको उच्चस्तरीय बैठकसमेत माधव नेपालले
बहिष्कार गर्नुभएको थियो। ग्रान्डी हस्पिटलमा बैठक राखिएकोमा गम्भीर
आपत्ति जनाउनुभएका नेपालले एमालेको अर्को एक बैठकमा आक्रोशित हुँदै
भन्नुभएको थियो, ‘पार्टी बैठक ब्रान्डी होटलमा राख्ने? पार्टीलाई के गराउन
खोजेको तपाईंहरूले?’ त्यसरी आक्रोशित बनेका माधव
त्यसरी क्रूरता प्रस्तुत गर्ने माधव नेपाल ओलीलाई भेट्न अचानक दिल्ली
पुग्नुभएपछि काठमाडौंमा तरङ्ग पैदा भयो। वास्तवमा माधव यसरी दिल्ली किन
पुग्नुभएको थियो भन्नेबारेमा घटना र विचारलाई ठोस जानकारी प्राप्त भएको छ।
ओलीलाई भेट्न उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री खगराज अधिकारीसहितको
टोली गत साता नयाँदिल्लीस्थित मेदान्त अस्पताल पुगेको थियो। त्यहाँ ओलीको
उपचारमा संलग्न डा. खुलरले ‘ओलीको स्थिति नाजुक रहेको बताउँदै उहाँलाई
भाइरसमुक्त वातावरणमा राखिनुपर्ने र मानिसको सम्पर्कबाट टाढा राख्नुपर्ने
सुझाव गौतमसहितको टोलीलाई दिएको थियो। अस्पतालमा चिकित्सकहरूसँगको परामर्श र
नेता ओलीसँगको भेटपश्चात् एकप्रकारले निराश भएर फर्किएका गौतमको टोलीका
सदस्यमध्ये एकले माधव नेपालसम्म यस्तो दुःखद् सन्देश पुर्यालयो। अरूका लागि
दुःखद् बनेको सन्देश माधव नेपालका निम्ति भने सुखद् बन्न पुग्यो र उहाँ गत
आइतबार प्रसन्न मुद्रामा दिल्लीतर्फ उड्नुभयो। माधव नेपाल तीन कारणले
मात्र नयाँदिल्ली जानुभएको बताइन्छ। पहिलो, केपी ओलीबारे सुनिएको खबर
‘कन्फर्म’ गर्न, दोस्रो दिल्लीसम्म पुगेर ओलीलाई भेटी ओलीसमर्थकको मन जित्न
र तेस्रो नयाँदिल्लीस्थित आफ्नो सम्पर्क सूत्रहरूसँग भेट गरी आगामी
महाधिवेशनमा अध्यक्ष पदका लागि समर्थन जुटाउन नै नेपाल दिल्ली जानुभएको
देखिएको छ। ओलीको स्थिति कमजोर भएको विश्वासपछि माधव नेपाल पार्टीको
अध्यक्ष बन्न हौसिनुभएको छ। ज्ञातव्य छ, आगामी जेठ २४ गते नेकपा एमालेको
महाधिवेशन काठमाडौंमा हुने भएको छ।
No comments:
Post a Comment