म्याग्दी
२०७० माघ ५ । म्याग्दी जिल्लाका विभिन्न ठाउमा अवैध तरिकाले भिर माहुरीको
मह निकाल्ने क्रम बढेको छ । जिल्ला वन कार्यालयमा इजाजत लिएर निश्चित
परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी
मह निकाल्ने प्रचलन बढेको हो । जिल्लामा अहिले न्यून मात्रामा इजाजत लिएर
मह शिकार हुने गरेको जिल्ला वन कार्यालयले बताएको छ । वन कार्यालयका अनुसार जिल्लाको मुदीमा ३ सय, गुर्जामा २ सय, चिमखोलामा
जिल्लाको विभिन्न गाविसमा दुई सिजनमा गरी १ हजार २ सय किलो मह निकाल्न
सकिने भएपनि करिब ६ सय किलो मह संकलनको इजाजतका लागि मात्रै निवेदन आउने
गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्È २०६९/७० मा जिल्लाबाट ६ सय ३० किलो मह निर्यात भएको
जिल्ला वन कार्यालयले जनाएको छ । भिर महलाई व्यापारीले ग्रामीण भेगमा ४ सय र
बजारमा ६ सय रुपैया“ प्रति केजीको दरले बिक्री वितरण गर्दै आएका छन् ।
वर्Èको दुईपटक संकलन गर्न सकिने भिर मौरीको मह निकाल्ने काम निकै
जोखिमपूर्ण मानिने गर्छ । गुलियो, स्वादिलो र विभिन्न रोगको औÈधिको रुपमा
प्रयोग हुने मह संकलनपछि चोर बाटो हदै देशका विभिन्न ठाउ“मा अवैध तरिकाले
निर्यात हुने गरेको छ ।
No comments:
Post a Comment