Saturday, February 22, 2014

नम्रताले लाहुरेसँग मिलेर ‘ताण्डव’ मच्चाउने

       नायिका नम्रता श्रेष्ठले अहिलेका चर्चित र्‍याप गायक लाहुरे(आशिष राना)सँग मिलेर ताण्डव मच्चाउने भएकी छिन् । सिनेमा निर्माणमा दोश्रो पटक अघि सर्दै निर्माता मोहन डोटेलले बनाउन लागेको नयाँ चलचित्र ‘ताण्डव’मा नम्रता र लाहुरेको केमेष्ट्री जम्न लागेको हो । बेलायती निर्देशक मुर्रे केरको कथा तथा निर्देशनमा बन्न लागेको यो सिनेमाको छायांकन आइतबारबाट सुरु हुनेछ । बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा ‘वधशाला’ निर्माण कम्पनी स्म्यासिङ एप्पलले ‘ताण्डव’ निर्माणको जानकारी दिएको हो । चलचित्रमा अनुप बराल, विपिन कार्की,
एलेन गुरुङको साथमा केही विदेशी कलाकारको पनि अभिनय रहनेछ । कार्यक्रममा बोल्दै चलचित्रमा मायाको चरित्रमा अभिनय गर्न लागेकी नायिका श्रेष्ठले मुर्रेसँग काम गर्न पाउँदा खुशी लागेको बताउँदै स्त्रिmप्ट मन परेर सिनेमा खेल्न राजी भएको जनाइन् ।यस्तै बेलायती निर्देशक मुर्रेले ‘ताण्डव’लाई हलिउड स्टाइलमा नेपाली स्वाद मिसिएको सिनेमा भएको बताए । कलाकार अनुप बरालले आफूले सिनेमाको कथावस्तु भन्दा पनि निर्देशकको कन्भिन्सिङ पावरलाई हेरेर सिनेमा खेल्ने बताए । ‘ताण्डव’ निर्देशकको सोही क्षमताले आफू सिनेमा प्रति आकषिर्त भएको बरालको भनाई थियो ।
पूर्णतया याक्सन र थ्रीलर जनराको यो सिनेमालाई ओभरसिज मार्केटमा पनि उच्च व्यापार गर्ने सोचाइका साथ निर्माण गर्न लागिएको छ । सिनेमा भित्रको पात्रलाई जीवन्तता दिन कलाकारहरुले केही महिनादेखि वर्कशप पनि गरिरहेका छन् । भारत र नेपालका सिमावर्ती क्षेत्रमा छायांकन हुने यो सिनेमाको प्रचारमा पनि निर्माणपक्षले खुबै ध्यान दिने छनक देखाएको छ । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्दैछन् ।

No comments:

Post a Comment