जलयात्राका लागि आकर्षक गन्तव्य बनेको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीहरु समेत उत्साही भएका छन् । पर्वतको पाङ गाविस स्थित नयाँ पुल तथा मालढुङगाबाट सुरु हुने -याफटिङ
स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत
परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा
पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा चिनिएको
कालीगण्डकी नदीमा लामो, समथर र कम बहाब भएकाले विदेशी
नागरिकहरु अन्य नदी
भन्दा कालीगण्डकीलाई रोज्ने गर्दछन् । -याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वदेशी
पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाइड रवीन गुरुङले बताए ।
No comments:
Post a Comment