काठमाडौँ, फागुन १२। नेकपा (एमाले) ले मन्त्रालय बाँडफाँटमा नेपाली काँग्रेससँग भएको सहमति कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको छ।एमालेको केन्द्रीय कमिटीको बैठकमा नेपाली काँग्रेससँग गत माघ २६ मा भएको सातबुँदे सहमतिको अनुमोदन गर्दै बैठकमा सो सहमति हुँदा एमालेले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय पाउनेबारेमा जानकारी गराइएको थियो।
एमालेको शनिबारदेखि प्रारम्भ भएको २६ औं केन्द्रीय कमिटीको बैठक जारी रहँदा काँग्रेसले सरकारमा सहभागिताका लागि गृह मन्त्रालय दिन तयार भएको जानकारी आएपछि बैठक छोट्याएर दुई दलबीच वार्ता भएको थियो।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले काँग्रेससँगको लिखित र मौखिक सहमति पालना भएमा पार्टी सरकारमा जाने अन्यथा नजाने भन्ने
एमालेको नवौं महाधिवेशनको कार्यसूचीबारे आजको बैठक छलफल प्रारम्भ भएको पोलिटब्युरो
सदस्य विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो। महाधिवेशन आगामी जेठको पहिलो साता गर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छ। केन्द्रीय कमिटीको बैठक सोमबार पनि बस्दैछ
No comments:
Post a Comment