Thursday, April 3, 2014

मान्य सदस्यको मितेरी गाउ बजारमा

                    २१ चैत काठमाडौ । कलाकारीताको क्षेत्रमा अगाडि रहेको नाम हो कल्याण राई । वरिष्ठ कलाकार राईको परिचय यतिले मात्र पुरा हुन्न, नामको पछाडि रहेको नाम हो (मान्य सदस्य) । मेरी बास्सै टेलिसिरियलमा मान्य सदश्यको भुमिकाद्धरा दर्शकहरुमा लोकप्रिय भएका राईले आफ्नो १२ एल्वम मितेरी गाउ, जिरी रुम्जाटार बजारमा ल्याएका छन् । हामै लेक बेसि डाडापाखा पखेरीमा गुञ्जिने भाकाहरु एल्वम मितेरी गाउ, जिरी रुम्झाटारमा समावशे गरिएको छ । उडन्ते फिरन्ते गित संगित नभई आफ्नै मौलिक पहिचान सहितको लोक संगितहरु सृजना हुनुपर्छ भन्ने मान्यता कल्याण राईको रहेको छ । विगत १७ वर्ष मकवानपुर सिम भञ्ज्याङ बसिफाट माविमा शिक्षण पेषामा आवद्ध राईले अहिले सम्म गायका गितहरु चर्चा र गाउबेसिहरुको भाका झल्किएको पाईन्छ । यो एल्वम भन्दा अगाडि आएको गितहरु बेसि सालघारी, हमिाल चुली, बर्खे भाका, हाम्रै रुम्झाटार र अहिले बजारमा आएको एल्वमको गिता जिरी मालि गाउ चर्चा र अजम्वरि गितहरु रहेको छ । एल्वमका गितहरु स्वर, संगित र शब्द रहेको छ, भने रामदेवि गुरुङ, टिका शेर्पा, सरला राई र राजेन्द्र स्याङ्बोको
स्वर समावेश गरिएको छ । केहि समय अगाडि एनसेलको विज्ञापनमा अल नेपाल छाएका वरिष्ठ कलाकार राईले गितसंगितमा संर्घस गरेका दिनहरु सम्झिए, आफ्ना ३–४ ओटा एल्वम निकाल्दा सम्मपनि धेरैभन्दा धेरै दुखहरु गरेर निकालेको बताए । राईले भने ‘–त्यसबेला दुखमापनि गित संगितलाई निरन्तरता दिए र अहिले त्यो निरन्तरता सफल सावित
भएको छ । र अहिलेपनि निरन्तरताको क्रम जारी नै छ । मेरो सास रहुञ्जेल मेरो गित संगित तथा कलाकारीतामा निरन्तरता
रहेको छ ।’
टेलिसिरियल मेरीबास्सैमा मान्य सदश्यको भुमिका भन्दा अगाडि करिव १७ ओटा टेलिसिरियलहरुमा राईले काम गरिसकेका छन् । अहिले वरिष्ठ कलाकार कल्याण राई ठुलो पर्दाको चलचित्रहरु नमस्ते, करामत, तिम्रो साथ नामक चलचित्रहरु रिलिजको क्रममा रहेको छ । आर्ट डाईरेक्टरमापनि अव्वल मानिएका राई पछिल्लो समयमा चलचित्रको स्कृप्ट लेख्नमापनि व्यास्त रहेका छन् । ०६९ सालमा प्रहरी सिरीयल दशैको स्कृप्ट छनौटमा परेपछि राई स्कृप्ट लेखनमा सकृय रहेका हुन् ।

No comments:

Post a Comment