Wednesday, July 10, 2013

एमाले नभएको भए म चार वर्ष जेल बस्नुपर्थ्यो : पर्शुराम बस्नेत



            अबैध सम्पत्ति आर्जन गरेको मुद्दा खेपिरहेका युवा संघ नेपालका केन्द्रीय सदस्य पर्शुराम बस्नेतले संगठन र एमाले पार्टीको सहयोगले जेलमुक्त भएको बताएका छन् ।
        जेथा जमानी राखेर  विशेष अदालतबाट धरौटीमा छुटेका बस्नेतले केन्द्रीय कारागार परिसरमा लिन पुगेका आफन्त र युवा संघ कार्यकर्तालाई सम्बोधन गर्दै एमालेलाई पटक–पटक आभार प्रकट गरेका थिए ।  ‘संगठन, एमाले पार्टी नभएको भए म चार वर्ष जेल बस्नुपथ्र्यो,’ उनले भने, ‘आम संगठन र
एमालेको कारणले बाहिर छु ।’ उनले आफू जेलभित्र कैदीभन्दा पनि अभिभावकको रूपमा बसेको बताउँदै त्यसका लागि कारागार प्रशासन र सुरक्षाकर्मीलाई आभार प्रकट गरेका छन् । ‘जेलमा पर्ने सबै अपराधी हैनन् भन्ने बुझेर आएँ,’ बस्नेतले भने, ‘फँसाइएका र निर्दोषको पक्षमा पार्टीमा कुरा राखेर म अब बोल्नेछु ।’

No comments:

Post a Comment