Wednesday, July 10, 2013

पदीय विभाजन बारे एमाओवादी छलफलमा



Maoist-Flag    २६ असार, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले पदीय विभाजन र संगठनात्मक संरचनाका विषयमा आज छलफल गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो बस्ने पदाधिकारी, पूर्व स्थायी समिति, पोलिटब्युरो र ब्युरो प्रमुखहरुको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको प्रस्तावमा छलफल गर्नेछ ।
               उक्त बैठक अघि अध्यक्ष प्रचण्डले पेस गर्नुभएको जिम्मेवारीको स्वरुपलाई केही परिमाजर्नन गरिने नेताहरुले बताएका छन् । साथै बैठकमा कार्यविभाजनको मापदण्डका
विषयमा मुख्य रुपमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । साउन ४ गतेबाट बोलाइएको परिषद बैठकको पूर्ण तयारीका लागि बैठक बस्ने भएकाले आजको बैठक महत्वपूर्ण हुने सापकोटाको भनाई छ । यसअघि अध्यक्ष प्रचण्डले गरेको जिम्मेवारी विभाजनका विषयमा धेरै सदस्यहरुले आपत्ति जनाएपछि विवाद भएको थियो । पदीय जिम्मेवारीकै कारण नेताहरुमा विवाद बढेपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजिनामा दिनुभएको थियो ।

No comments:

Post a Comment