काठमाडौं,
चैत १९ – प्रधानमन्त्री सुशील कोइरालालाई निकै स्वच्छ छवीको नेता
चिनिन्छन् । यिनै ‘सादगीपूर्ण’, ‘सुशील’ र ‘इमानदार’ प्रधानमन्त्रीको
निवासमा अचेल विवादास्पद मानिसहरु देखा पर्न थालेका छन् । चैतको पहिलो साता
प्रधानमन्त्री निवास बालुवाटारमा चर्चित व्यापारी अजय सुमार्गीलाई देखेर
सुरक्षाकर्मी, कामदार र प्रधानमन्त्रीका निकट सहयोगी छक्क परे । साँझपख बालुवाटार छिरेका सुमार्गीले प्रधानमन्त्रीसँग करिब एक घन्टा
कुराकानी गरे । प्रधानमन्त्री निकट सुत्रका अनुसार त्यो भेटमा सुमार्गीले
प्रधानमन्त्रीसँग आफूलाई हतियारको काम दिनुपर्ने माग राखेका थिए । राज्यको
प्रयोजनका लागि चाहिने हतियार आयातको ठेक्का
शाहीकालमा एनसेलको शेयर सित्तैमा फुत्काएर त्यसलाई घाटा पारेका सुमार्गीले
प्रधानमन्त्रीसँग नेपाल टेलिकमको पनि शेयर मागेको बुिझएको छ । उनले
टेलिकमको जिम्मा आफूलाई दिनुपर्ने माग राखेका थिए । त्यसैगरी सेनाको राशन,
प्रहरीको पोशाकलगायतका ठेक्का आफुले पाउनुपर्ने उनको माग थियो । ‘मलाई जसले साथ दिन्छ, उसलाई सहयोग गर्न म कुनै कसर बाँकी राख्दिन । हिजो म
जो–जोसँग नजिक भएँ, त्यो पारस्परिक सहयोगकै कारण हो । म कुनै दलसँग नजिक
छैन । मेरो सरोकार कामसँग छ, मिलेर काम गरौं, फाइदा पनि मिलेर बाँडौं भन्ने
मेरो आग्रह हो’, सुमार्गीले प्रधानमन्त्रीसँग हाकाहाकी यस्तो प्रस्ताव
राखेको सुत्र बताउँछ । सुमार्गीको प्रस्ताव सुनेर प्रधानमन्त्री मुसुमुसु
हाँसेका थिए । सत्तासीनहरुसँग हिमचिम बढाएर आर्थिक उन्नती गर्दैै आएका
व्यापारी अजय पराजुली अर्थात् सुमार्गीले प्रधानमन्त्री सुशील कोइरालालाई
पनि लगभग प्रभावमा पारिसकेको उनी निकट सुत्र बताउँछ ।
सुमार्गीले प्रधानमन्त्रीलाई यसवीचमा पटक–पटक भेटिसकेका छन् । सुशील
कोइराला प्रधानमन्त्री भएकै भोलीपल्ट पनि सुमार्गी कोइरालालाई बधाई दिन
विहानै महाराजगञ्जस्थित उनको निवास पुगेका थिए । त्यसबेला सुमार्गीले
कोइरालासँग करीब आधा घन्टा भेटेका थिए । कुटनीतिक नियोगका व्यक्तिले चढ्ने
निलो प्लेटको गाडी चढेर आएका सुमार्गी पछिल्लो ढोकाबाट बाहिरिएका थिए । उनी
नेपालका लागि बेलारुसका अवैतनिक राजदूत भएकाले पनि प्रधानमन्त्री निवासमा
उनलाई कसैले नरोकेको बताइन्छ ।
सुमार्गी सुरुमा रुपचन्द बिष्टका कार्यकर्ता थिए र ‘थाहा’ आन्दोलनमा लागेका
थिए । त्यसपछि उनी केही समय राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि निकट
भए । पछि एमाओवादी अध्यक्ष प्रचण्डसँग पनि उनी निकट भएका थिए । जो सत्तामा
आयो उसैसँग नजिक हुने सुमार्गी रातारात धनी बर्गमा परिणत हुने मानिसमा
पर्छन् । कुनैबेला हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गरेर
व्यापार सुरु गरेरका सुमार्गीले ज्ञानेन्द्रको शासनकालमा राजाका ज्वाईं
राजबहादुर सिंह निकट रहेर टेलिकम कम्पनी एनसेलमा सित्तैमा सेयर हत्याए ।
‘हेलो नेपाल’को संचालन गर्ने सुमामार्गीले नै काठमाडौ तीनकुनेस्थित
कान्तिपुर पब्लिकेसन्ससँगै जोडिएको १५४ आना जग्गा ८२ करोड रुपैयाँमा किनेका
थिए ।
बा ५ च ५२०१ र निलो प्लेटको ११३ एचसीसी १ नम्बरको गाडी चढेर सुमार्गी कहिले
कांग्रेस नेतृ सुजाता कोइरालाको मण्डिखाटार निवास त कहिले एमाले नेता केपी
ओलीको निवास बालकोट पुग्थे । कहिले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको
कोटेश्वर निवासमा, कहिले रामचन्द्र निवास बोहोराटार त कहिले नेत्रविक्रम
चन्दको चाबहिलस्थित निवासमासमेत पुगिरहन्छन् । प्रचण्ड प्रधानमन्त्री भएका
बेला सुमार्गी कुद्दै बालुवाटार पुग्थे तर संविधानसभा चुनावमा एमाअोवादी
‘साइज’ मा आएपछि प्रचण्डसंग भेटघाट निकै कम भएको छ । बिगतमा सत्तामा
रहनेसँग तालमेल मिलाएर धन्दा चलाउँदै आएका सुमार्गी अचेल सुशील कोइरालाको
दैलो चहार्न थालेको देख्नेहरु कुनै आश्चर्य मान्दैनन् ।
सुमार्गीले सत्तासीनसँग लाइन मिलाएर धनी हुने कला जानेका छन् । यही कारण
मादल बजाउने रुपचन्द बिष्टको कार्यकर्ता आज अर्बौंपति बनेका छन् । हेटौंडा
एकेडेमी, मेनरोडको सुमार्गी कम्प्लेक्स, थाहा एफएम, भैरव रोडमा लाखौंको
घडेरी, यति फाइनान्समा शेयर, एभरेष्ट मिनरल र क्रसर उद्योग, काठमाडौ
बबरमहलमा ‘सुमार्गी कम्प्लेक्स ए र बी’, नयाँबानेश्वरको मुक्ति टावर,
नेपालगञ्जमा सिमेन्ट कारखाना, सुमार्गी एयर, हेलो मोबाइललगायतका मालिक
सुमार्गीमाथि अब अख्तियारको आँखा कहिले पर्छ, त्यो भने हेर्न बाँकी छ ।
No comments:
Post a Comment