Wednesday, July 10, 2013

तिजको गीतमा सुनितासँग कम्मर मर्काए हमालले

                 सिनेमाको कामबाट फुर्सद पाएपछि नायक राजेश हमाल यतिबेला म्यूजिक भिडियोमा समेत अभिनय गर्न व्यस्त छन् । उनले हालै मात्र गायिका सुनिता दुलालको आवाजमा समावेश एक तिजको गीतमा नृत्य गरेका छन् ।सुनिताको नयाँ एल्बम ‘आयो हरितालिका तिज’मा समावेश ‘कत्ती राम्रो हजुरको मन, मिठो बातै मिठो मिठो’ बोलको गीतमा सुनिता र
हमालको जोडीले नृत्य गरेको हो । प्रेमिका मधु भट्टराइलाई घर भित्राउने तयारी गरेसँगै राजेशलाई तिजको रहरले छोएको हुनसक्छ । यो म्यूजिक भिडियोलाई शंकर वीसीले निर्देशन गरेका छन् । गीतमा महेश खड्काको संगीत, कुमार विवाहितको शब्द छ । केही बर्षदेखि तिजको गीत बजारमा ल्याउँदै आएकी गायिका दुलाल सफल पनि भएकी छिन् ।उनले हरेक बर्ष बजारमा ल्याएका तिजका गीतले राम्रै चर्चा पनि पाएका छन् । झन यसपटक राजेश हमाललाई म्यूजिक भिडियोमा काम गराएपछि त गीतको चर्चा झनै हुने आशा गरिएको छ ।

No comments:

Post a Comment