Wednesday, July 17, 2013

बागलुङबाट गत वर्ष बेपत्ता हुने महिला-बालबालिकाको संख्या झण्डै सय !

Backside Of Girls5                 बागलुङ २०७० साउन २ । गत आर्थिक वर्ष ०६९/७० मा बागलुङ जिल्लाका विभिन्न गाविसहरुबाट झण्डै सय जना महिला एवं बालबालिकाहरु हराए । 
                जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लामा सो अवधिमा महिला हिँशाका करिब एक सय घटनाहरु कार्यालयमा सूचिकृत भएका छन् ।
              जिल्ला प्रहरी कार्यालय बागलुङकी प्रहरी सहायक निरीक्षक तारा सुवेदीले जिल्लामा गत आवमा ७६ जना महिलाहरु हराएको (बेपत्ता भएका) मा १५ जना भेट्टिएपनि ६१ जना अझैँ बेपत्ता रहेको जानकारी दिईन् । यसैगरी सो अवधिमा जिल्लाबाट १५ जना बालबालिकाहरुपनि हाराएका र त्यस मध्य ४ जना बालबालिका फेला परेको प्रसनि सुवेदीले
बताईन् ।
           महिला घरेलु हिँशाका ९८ घटनाहरुमध्य ५६ मिलापत्र, ११ आपसी सहमती र ३१ बाँकी रहेको पनि प्रसनि सुवेदीले जानकारी
दिईन् ।
             त्यस्तै वेवारिसे अवस्थामा फेलापरेका ६ जना बालबालिकालई उनिहरुका अभिभावकको पत्तोलगाई उनिहरुलाई जिम्मा दिएको प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment