
काठमाडौ
। देशमा माओवादी हिंसा सुरु हुन अघि तराईमा सशस्त्र समूहबारे कसैलाई थाहा
थिएन। सशस्त्र समूहको नाममा दैनिक धम्काउने घटना पनि हुदैन थियो। सामाजिक
सद्भाव एकदमै राम्रो थियो। तर, माओवादी हिंसापछि तराई पुरै बदलिएको छ ।
तराईमा अहिले सय भन्दा बढी अपराधिक भूमिगत समूहहरू सक्रिय छन्। माओवादीकै
हिंसाबाट सिकेर ती समूह २०६३ पछि तराईमा उदाएका हुन्। जसलेे तराई आक्रान्त
हुदै आएको छ। त्यसरी सशस्त्र समूह खोल्नेमध्ये अधिकांश माओवादीका पूर्व
कार्यकर्ता छन्। तराईमा मात्र होइन देशभरी नै माओवादी हिंसापछि अपराध बढेको
छ। माओवादीको सिको गर्दै विभिन्न समूह गठन गरेर चन्दा माग्ने, बिष्फोटन
गर्ने तथा अपहरण/हत्याजस्ता गतिविधिमा समेत माओवादीका पूर्वलडाकुहरू सक्रिय
छन्। गम्भीर किसिमका अपराधमा बारम्बार पूर्व लडाकुहरू पक्राउ परिरहेका
छन्। चुनावका लागि पनि पूर्व लडाकुहरू प्रमुख समस्या हुने सुरक्षा निकायको
बिश्लेषण छ। गम्भीर किसिमका अपराधमा सक्रिय रहदै आएका एक माओवादीका
पूर्वलडाकुमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी अझ आश्चर्यमा परेको छ।
खुंखार अपराधीको माओवादी अध्यक्ष प्रचण्डसँग निकटता देखेर प्रहरी आश्चर्यमा
परेको हो। अपहरण, बिष्फोट, फिरौती तथा धम्कीजस्ता गम्भीर अपराधमा गत साता
पक्राउ परेका माओवादीका पूर्व लडाकु जीवीत भनिने सूर्य तिमल्सिना प्रचण्डका
प्रिय पात्र रहेछन्। महानगरीय प्रहरी अपराध महाशाखाले गत मंगलबार उनलाई
पक्राउ गरेको थियो। तिमल्सिनाको समूले गत साउन १३ गते बल्खुका व्यवसायी
नवराज भुषालको घरमा बिष्फोट गराएका थिए। उनीहरूले भुसालसँग ठूलै रकम मागेका
थिए। पैसा नदिएपछि गेटमा उनीहरूले बिष्फोट गराएका थिए। अनुसन्धानपश्चात
अपराध महाशाखाले तिमल्सिनालाई पक्राउ गरेको थियो। उनको डेरामा प्रहरीले
प्रचण्डलाई सम्बोधन गरी लेखिएका पत्रहरू भेटाएका छन्। जसमा प्रचण्ड नै
देशका महान् नेता भएको बताउँदै आफूहरू कुनै पनि प्रकारको सहयोग गर्न तयार
रहेको कुरा उल्लेख छ। स्रोतका अनुसार सो समूहले आफूलाई माओवादी पार्टीकै
नेता भनेर समेत पैसा माग्दै आएको थियो। देशमा माओवादी पार्टीकै कारण यस्ता
अपराधिक समूहहरू जन्मिएको प्रहरीहरू बताउँछन्। पछिल्लो अपराधमा माओवादीका
पूर्व लडाकुहरू पटक–पटक पक्राउ पर्दै आएका छन्। करिब महिनादिन अघि पनि
प्रहरीले बिजय लामा नामक पूर्वलडाकुलाई पेस्तालसहित पक्राउ गरेको थियो।
त्यस्तै संयुक्त जातिय मुक्ति मोर्चासँग आबद्ध भएर बिष्फोटक पदार्थ
ओसारपसार र धम्कीमा संलग्न प्रसिद्ध भनिने भानीनाथलाई पक्राउ गरेको थियो।
माओवादी शान्ति प्रक्रियामा आएपछि पटक–पटक सरकारको नेतृत्व समेत गरिसकेको
छ। प्रहरी प्रशासनमा समेत माओवादीको राम्रो पकड छ। तर, माओवादीबाट हुने
यस्ता अपराधिक क्रियाकलापलाई सरकारले नीति नै बनाएर बिहारका नितिशकुमारले
जस्तै अप्रेसन गरिनु पर्छ।
No comments:
Post a Comment