बलिउड नायक सलमान खानलाई मुम्बई
अदालतले जरिवाना तिराएको छ ।
गाडी चलाएर १ व्यक्तिको हत्या तथा ४
व्यक्तिलाई घाइते बनाएको अभियोगमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानलाई
अदालतको समय बर्बाद गरेको भन्दै जरिवाना तिराइएको हो ।
अब
सलमानलाई सबै सरकारी खर्च व्यहोर्नु पर्ने भएको छ । उनलाई वकिलको
पारिश्रमिक, प्रहरी बन्दोबस्तको सबै खर्च व्यहोर्नु पर्ने हुन्छ । सलमानले
यो जरिवाना शुल्क १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ । यसपछि मात्र उनले
अदालतमा अपिल गर्न सक्नेछन् । सलमानले आफू माथी लगाइएको
धारा हटाउन आग्रह
गरेका थिए । तर उनको यो अपिललाई सेशंस कोर्टले रद्द गरेको थियो ।
No comments:
Post a Comment