Friday, July 12, 2013

चीनले चुनावमा जान भनेको छैन : गजुरेल


       नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले हालै भएको उच्चस्तरीय चीन भ्रमणमा आफ्नो पार्टीलाइ चीनले चुनावमा जान नभनेको बताए । काठमाडौंमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले यस्तो बताएका हुन् ।
                  चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने नजाने, बहिस्कार गर्ने नगर्ने विषयलाइ नेपालको आन्तरिक मामिला भन्दै केही सुझाव नदिएको गजुरेलले बताए ।  'नेपालको संक्रमणकाल
टुंगो लागेको हेर्न, शान्ति सुशासन कायम भएको हेर्न चिनियाँ कम्युनिस्ट पार्टीले चाहेको विषयमा उनीहरुले चिन्ता देखाएको गजुरेलले बताए । 'दुई पार्टीको बैंठकमा चार नेताको निर्देशनमा कर्मचारी नेतृट्टवले गर्ने चुनावले राजनीतिक निकास नदिने र झन द्वन्द्व थप्ने भनेर उहाँहरुले चिन्ता देखाउनुभयो,' गजुरेलले भने, 'हामीले पनि यो चुनावबाट नेपाली जनताले संविधान नपाउने बतायौ‌ ।' अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले बैठकमा दुई कम्युनिस्ट पार्टीबीच नेपाली राजनीतिको विषयमा गम्भीर छलफल भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले आफूहरुलाई चुनावमा जानुस् नभनेको बताएका हुन्।
           'हामी पार्टी पुर्नगठन पछि पहिलोपटक चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएका थियौं,' गजुरेलले भने, 'यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनस्टि पार्टीबीच चीनमा बैठक भयो ।' उनले २५ र २६ गते चिनियाँ कम्युनस्टि पार्टीको अन्तर्राष्ट्रिय विभागसँग दुई–दुई घण्टा छलफल भएको र त्यसैगरी उपराष्ट्रपतिसँग अर्कोदिन छलफल भएको बताए। आफ्नो पार्टीले चुनाव बहिस्कार लगायतका विषयमा चिनियाँ कम्युनिस्ट पार्टी सँगको बैठकले कुनै प्रभाव नपार्ने भन्दै उनले पार्टीले गरेका निर्णय कार्यन्वयनमा अगाडी बढ्ने बताए। गजुरेलले चीनसंगको निकटताका विषयमा 'आफूहरुले चीनलाई महत्व दिएको र भारतलाई नदिएको नभई भारतले नै नचाहेकाले बताए । 'चीनले हामीलाई बोलाउछ, हामी जान्छौं  तर भारत हामीसँग छलफल गर्न तयार छैनभने खोज्दै जाने कुरा भएन, भारत एकै हातले ताली बजोस् भन्ने चाहन्छ भने त्यो संभाव छैन' गजुरेल भने। आफ्नो पार्टी भ्रमण छोट्याएर लाइन लागेर भारतलाई भेट्न नजाने बताए। हालै एक दिने नेपाल भ्रमण सकेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग आफ्नो पार्टी र नेताहरुले भेट्ने योजना नै नबनाएको भन्दै पुर्व निर्धारित कार्यक्रम अनुसार नै चीन गएको उनले बताए ।

No comments:

Post a Comment