भारत सरकारले आगामी संविधानसभा निर्वाचनका लागि ७ सय ६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ। अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय
विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा आज प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई
सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर
भयो। आयोगलाई ४८ र मन्त्रालयलाई ७ सय १६ वटा बाहन उपलब्ध गराउनेसम्बन्धी दुवै
सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि भारतीय राजदूत
जयन्तप्रसादले हस्ताक्षर गरेका हुन्। सोही समारोहमा उनीहरूले ती
सम्झौतापत्र आदानप्रदान पनि गरेका थिए। यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भारतीय विदेशमन्त्री
सलमान खुर्सिदले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा अवसरमा विदेशमन्त्री खुर्सिदले नेपालमा निर्वाचन मिति घोषणा
भएकामा खुसी व्यक्त गर्दै निर्वाचन सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न
तयार रहेको बताए। उनले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया, राजनीतिक
स्थायित्व र समृद्धिका लागि भारतको पूर्ण रुपमा समर्थन र सहयोग रहने पनि
दोहोर्याएकाभेटका अवसरमा नेपालको जलस्रोत र व्यापार प्रवर्द्धनका साथै पारस्परिक हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको थियो।
No comments:
Post a Comment