डोल्पाबाट काठमाडौं उडेको हेलिकोप्टर पर्वतमा आकस्मिक अवतरण
पर्वत— डोल्पाबाट काठमाडौं लागि
उडेको हेलिकोप्टर पर्वतको सदरमुकाम कुश्माबजारमा आकस्मिक अवतरण गरेको छ।
मौसमको खराबीका कारण श्री एयरलाइन्सको हेलिकोप्टर सदरमुकामस्थित चण्डिका
सशस्त्र प्रहरी गणमा आकस्मिक अवतरण गरेको हो।
हेलिकोप्टरमा चालक दलकासहित छ जना नेपाली सवार छन् । पोखरामा
इन्धन राखेर काठमाडौं जाने तयारीमा रहेको उक्त हेलिकोप्टर एक्कासि मौसममा
खराबी आएपछि यहाँ अवतरण गरेको हो। उक्त हेलिकप्टर सोमबार ‘चार्टड’ गरी
डोल्पा लगिएको थियो। अहिले पर्वतमा भिषण वर्षासँगै बाक्लो कुहिरो लागेको छ।
No comments:
Post a Comment