Monday, March 24, 2014

पर्वत बासखर्कका कृषकहरु सुन्तलाको बजार खोज्दै तिब्बत तिर …

imagesCAAKLTPL             पर्वत २०७० चैत १० । पर्वतको बासखर्कका कृषकहरु सुन्तला बिक्रीका लागि चीनको तिब्बतमा बजार खोज्न थालेका छन् । स्वाद र गुण्ँस्तरका हिसाबले उत्कृष्ट मानिने बासखर्कको सुन्तलालाई बढी मूल्यमा बिक्री गर्न कृषकहरुले तिब्बतमा बजार खोज्न थालेका हुन ।
                 पर्वतबाट करिब १ हजार किलोमिटर टाढा पर्ने र तिब्बतमा सुन्तलाको माग अत्याधिक भएकाले आगामी सिजनमा ल्हासामा सुन्तला बिक्री गर्ने योजना कृÈकले बनाएको तिब्बतमा बजार अध्ययन गरेर हालै फर्किएका कृषक हेमकुमार पाइजाले बताए । उनका अनुसार आउने सिजनमा तिब्बतमा सुन्तला बिक्री गर्नका संभाब्यता अध्ययनन र ब्यापारीसग सम्झौता गर्ने तयारी समेत भएको छ । तिब्बतमा सुन्तला उपहारको रुपमा धेरै प्रयोग हुने र नेपाली तीन सय रुपैया केजीमा बिक्री हुने भएकाले राम्रो मूल्यमा बिक्री गर्न सकिने भनाई पाइजाको छ । बासखर्क गाविसका ८ वटा वडाको प्रमुख बाली
नै सुन्तला हो भने हरेक वर्ष सुन्तला बगैंचा बिस्तार भइरहेको छ । ८० हेक्टरमा लगाइएको सुन्तला खेती मध्ये ५० हेक्टरमा फल दिन्छ । वार्षिक २ करोड भन्दा बढीको सुन्तला समेत बिक्री हुदै आएको छ ।
              बा“सखर्कको सुन्तलामा पानीको मात्रा बढी हुने र लामो समय सम्म बोक्रा नछोड्ने भएकाले टिकाउमा पनि सबैभन्दा अब्बल रहेको छ । धेरै समय टिक्ने र स्वादिलो भएकाले बजार बिस्तार गर्न सजिलो हुने बिश्वास लिइएको छ ।

         बा“सखर्कमा फागुनको पहिलो सातासम्म बोटमै सुन्तला हुने भएकाले १ सय रुपैया केजीमा बिक्री भएको बासखर्क सुन्तला उत्पादक सहकारीका अध्य जगतबहादुर खत्रीले बताए । अहिले पाखो, खेतबारीमा सुन्तला लगाउने अभियान नै चलेको छ ।
           अस्टेलियन एड र सेन्ट्रल क्निस ल्याण्ड युनिभर्सीटीको सहयोगमा सुन्तला बजारीकरण सम्बन्धी कार्यक्रम समेत सुरु भएको छ । लघुउद्यम विकास कार्यक्रम मार्फत जिल्ला लघुउद्यमी संघ पर्वतले दुबै जिल्लाको सुन्तलाको गुणस्तर सुधार र बजार प्रर्बद्धन गर्न सुन्ताला बस्तु मूल्य श्रृंखला ब्यबस्थापन कार्यक्रम मार्फत भ्रमण, बजार लगायतका काम भैरहेको कार्यक्रम संयोजक सीताकुमारी शर्माले जानकारी दिईन । सुन्तलाबाट कसरी बढी आम्दानी लिन सकिन्छ भनेर कार्यक्रमले सहयोग गरिरहेको उनले बताईन ।

No comments:

Post a Comment