Friday, July 19, 2013

अख्तियारमा उजुरी दिएको भन्दै जिविसका कर्मचारीद्वारा पत्रकारमाथि आक्रमण

suseli

                       इलाम, साउन ४ – नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति तथा नेपालबाणि एफएम इलामका स्टेशन म्यानेजर सोमनाथ सुसेलीमाथि साङघातिक आक्रमण भएको छ ।
           पत्रकार सुसेलीमाथि जिल्ला बिकास समिति इलामका सह लेखापाल महेन्द्र चौहानले कार्यलयभित्रै हिजो दिउँसो आक्रमण गरेका हुन् ।  चौहानको आक्रमणबाट पत्रकार सुसेलीको शरिरका बिभन्न भागमा चोट लाग्नुका साथै चस्मा फुटेको छ भने सर्ट समेत च्यातिएको छ ।
       पत्रकार सुसेलीको अवस्था अहिले सामान्य रहेको छ । बिज्ञापनको बाँकि रहेको रकमको चेक लिएर जिविस पुगेका पत्रकार सुसेलीमाथि लेखापाल चौहानले अपशब्द बोल्दै एक्कासि आक्रमण गरेको पिडितले बताए ।  घटनापछि पिडित सुसेलीले कार्वाहिको माग राख्दै चौहानबिरुद्ध उजुरि दर्ता गराएका छन् । उजुरि परेलगत्तै प्रहरिले चौहानलाई पक्राउ गरि
हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक भिमबहादुर दहालले बताउनुभयो । घटनापछि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियन इलाम शाखाले छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारि गर्दै घटनाको घोर भत्र्सना गरेको छ । सरकारी कार्यालयभित्रै पत्रकार माथि भौतिक आक्रमण हुनु दुखद रहेको जनाउँदै दोषिलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने महासंघका अध्यक्ष उमेश गुरुङद्वारा जारि हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
                        निरन्तर पत्रकारिता पेशामा क्रियाशिल पत्रकारमाथि आक्रमणको घटनाले संस्थालाई दुखित तुल्याएको जनाउँदै यो घटना सिङ्गो प्रेस माथिको आत्रमण भएको युनियन इलाम शाखाका अध्यक्ष तोयानाथ भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । दोषिलाई कडा कार्वाहिको माग समेत गरिएको छ । २०६९ साल भदौमा लेखापाल चौहानबिरुद्ध जिविसमा गरेको आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि त्यसपश्चात चौहानले आफूमाथि पटक पटक आक्रमणको प्रयास समेत गर्दै आएको पिडित सुसेलीले बताए ।

No comments:

Post a Comment