२०७० असार २४ । अखिल क्रान्तिकारीले बिभिन्न पाच सुत्रीय माग
राख्दै आज धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बागलुङको लेखा शाखामा
अश्चितकालीन तालाबन्दी गरेको छ ।
क्रान्तिकारीले आफना माग तत्कालै सुनुवाइ नभएमा क्याम्पसमा अश्चितकालीन
तालाबन्दी गर्ने चेतावनी दिएको छ । सिटिभिटिले तोकेको मापदण्ड अनुरुपको
भौतिक संरचना हुनुपर्ने, क्याम्पसको आफनै खेलकुद मैदान व्यवस्थित
हुनुपर्ने, इन्टरनेट सेवालाई बढाउनुपर्ने ,सिटिभिटिले तोके अनुसार
पाठ्यपुस्तक हुनुपर्ने, र बिद्यार्थीहरुबाट सस्थापक बिकास फिस तोके भन्दा
बढी लिन नपाइने माग राख्दै प्रतिष्ठानको लेखाशाखामा
अश्चितकालीन तालाबन्दी
गरिएको अखिल क्रान्तिकारी धौलागिरी बहुमुखी क्याम्पसका अध्यक्ष जीवन
शर्माले बताए ।
सिटिभिटिद्वारा सञ्चालित क्याम्पसलाई यहि असार १२ गते क्याम्पस प्रशासन
समक्ष राखिएको माग पुरा गर्ने तदारुकता नदेखाएकोले दवावका निम्ति
लेखाशाखामा तालाबन्दी गर्नुे परेको अखिल क्रान्तिकारी सिटिभिटि गण्डक
जिल्ला समितिद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । आफना मागहरु तत्काल
सम्बोधन नगरे क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरि आन्दोलन गर्ने अखिल
क्रान्तिकारी गण्डक जिल्ला समितिका अध्यक्ष सरोज गौतमद्वारा हस्ताक्षरित
बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment