खासगरी प्रचण्ड–बाबुराम एक अर्काका विकल्प नभएर परिपूरक हुन्।
प्रचण्डको साथविना भट्टराईले पूर्णता नपाउने र भट्टराईको साथविना
प्रचण्डले
पूर्णता नपाउने भएकाले यी दुई नेतालाई एक अर्काको परिपूरकका रूपमा हेरिएको
एमाओवादी नेता हरिबोल गजुरेल बताउँछन्। तर भट्टराई पक्षधर भने जनयुद्ध
हाँक्न प्रचण्ड सक्षम भए पनि खुला र प्रतिस्पर्धी राजनीतिमा भट्टराईकै
अपरिहार्यता रहेको बताउँछन्। गत साता भट्टराईले पदत्याग गरेपछि सतहमा आएको यो बहस र विवाद दुई
दशकअघिदेखि नै पार्टीमा प्रवेश गरेको क्रान्तिकारी कम्युनिस्ट नेता मणि
थापाको ठम्याइँ छ। जनयुद्धको पूरै अवधि प्रचण्ड र भट्टराईसँग निकट रहेर काम
गरेका मणि थापा यी दुई नेताबीचका हरेक विवादका साक्षी हुन्। २०५१ सालमा
तत्कालीन एकता केन्द्र मसाल विभाजन भई प्रचण्डको नेतृत्वमा नेकपा माओवादी
गठन भएपछि गोरखामा सम्पन्न पहिलो बैठकमै भट्टराईले प्रचण्डको कार्यशैलीमाथि
प्रश्न उठाएका थिए। एकता केन्द्र विभाजन हुनुअघि प्रचण्ड पार्टी महासचिव र
भट्टराई खुला संगठन संयुक्त जनमोर्चाका अध्यक्ष थिए। पार्टी विभाजनपछि
भट्टराई लामो समयसम्म पार्टीको उपल्लो तहमा पुग्न सकेनन्। उनी लामो समयसम्म
पार्टीको उपल्लो तहमा पुग्न नसक्नुको कारण थियो, ‘पार्टी विभाजनपछिको
पहिलो बैठकमै उठाएको एउटा संगीन प्रश्न।’ पार्टीको दर्शन, सिद्धान्त, नीति
मोहन वैद्य ‘किरण’ ले तय गर्ने कार्यनीति रामबहादुर थापा ‘बादल′ ले तय
गर्ने गरेको म देख्दैछु, यो पार्टीको नेता को हो? भट्टराईले यो प्रश्न
उठाएपछि महासचिव प्रचण्ड केहीबेर नाजवाफ भए। वैद्यले जवाफ दिए– ‘तपाई कस्तो
प्रश्न गर्दै हुनुहुन्छ, पार्टी नेता प्रचण्डजी यहीँ हुनुहुन्छ नि।’
वैद्यको यो जवाफपछि महासचिव प्रचण्डले दुई हातका औंला खेलाउँदै र रातोपिरो
अनुहार लगाउँदै भने–’बाबुरामजी बुर्जुवा पार्टीमा जस्तो एउटै चामत्कारिक
नेता खोजिरहनुभएको छ, हिरो खोजिरहनुभएको छ, बीपी कोइराला जस्तो। तर यो
कम्युनिस्ट पार्टी हो, हामी सामूहिक नेतृत्वको विकास गर्न खोजिरहेका छौं।’
भट्टराईले आफूलाई नेता स्वीकार गर्न हिच्किचाइरहेको आभास पाएका प्रचण्डले
अगाडि भने– ‘मैले माओ विचारधारा होइन, माओवाद स्थापित गरें, अब जनयुद्धमा
जाने पार्टीको निर्णयलाई निष्कर्षमा पुर्याउँछु।’ प्रचण्डको यो जवाफ भट्टराईले कुटिल मुद्रामा सुनिरहे, कुनै प्रतिवाद
गरेनन्। तर भक्तबहादुर श्रेष्ठ र दण्डपाणी न्यौपानेले भने मनभित्र कुरा
राख्न सकेनन्। भक्तबहादुर बोले– ‘माओ विचारधारा मात्रै नभएर वाद हो भनेर
पार्टीभित्र पहिलोपटक प्रवेश गराएको मैले हो, कयौं लेखहरू लेखेर माओवादलाई
स्थापित गराएको मैले हो।’ त्यसपछि दण्डपाणी न्यौपानेले बोले– ‘यो त मैले
हुलाकबाट ल्याएको हुँ, माओ विचारधारालाई माओवादका रूपमा अपनाउने रिमको
निर्णय हो। त्यो निर्णय रिमले हुलाकमार्फत पठाएको थियो, त्यो चिठी टेबुल
गरेको मैले हो। आरसीपी (रेभुलेसनरी कम्युनिस्ट पार्टी, भारत) को अगुवाइमा
रिमले माओवाद स्थापित गरेको हो।’ बूढा नेता खम्बसिंह खत्री भने चुपचाप
उनीहरूकोे कुरा सुनिरहे। उक्त बैठकमा १७ जनाले भाग लिएका थिए। बैठकमै आफूलाई यसरी नंग्याइएपछि
प्रचण्ड, भट्टराई, भक्तबहादुर र दण्डपाणिसँग भित्रभित्रै आगो भए। त्यसपछि
लगत्तै भक्तबहादुर श्रेष्ठलाई केन्द्रीय समितिबाट झिकेर सल्लाहकारमा
फालियो, दण्डपाणि न्यौपानेलाई जनयुद्धका क्रममा पार्टीभित्रैबाट सफाया
गरिएको हो या प्रहरीको एम्बुसभित्र हुलिएको हो? भन्ने रहस्य अझै खुल्न
सकेको छैन। ‘लो प्रोफाइलमा’ बस्दै आएका भट्टराईलाई पनि २०६१ साउनमा मार्ने
अन्तिम तयारी भएको थियो। तर काल नआएसम्म कसैले कोसिस गर्दैमा कोही मारिँदो
रहेनछ। मारिनबाट बाबुराम जोगिए।जनयुद्धको यो दौरानमा पार्टीभित्र प्रचण्डमाथि प्रश्न उठाउने कोसिस ज–जसले गरे, ज–जसको व्यक्तित्व बलियो बन्न थाल्यो, प्रचण्डको कोपभाजनबाट बच्न कोही सकेनन्। भट्टराई मात्रै त्यसको अपवाद बने। मोहन वैद्य र सीपी गजुरेललाई प्रचण्डले भारतमा पक्राउ गराएको पार्टीका कतिपय नेताको बुझाइ छ। पार्टी संगठन र कार्यनीतिका कारण प्रतिस्पर्धी व्यक्तित्व बनाइरहेका रामबहादुर थापा र पम्फा भुसाललाई लगातार चार महिनासम्म यौन सम्पर्क गरी संस्कृत विचलन गरेको आरोप लगाएर चार/पाँच वर्षसम्म थापाको पार्टी सदस्यता निलम्बन गरिदिए। बाबुरामलाई केही गर्दा पनि समाप्त गर्न सकिएन, अब मपछि नेतृत्व त्यहीँ पुग्ने भयो, विकल्प तयार गर्नुपर्यो भन्ने प्रस्ताव प्रचण्डले वैद्यसमक्ष राखे। त्यसका लागि यानप्रसाद गौतम अगाडि सारेर बाबुराम समर्थकको युद्ध मैदानमै कत्लेआम गरिदिने प्रचण्डको प्रस्तावलाई अञ्जानमै सहमति दिए वैद्यले। पार्टीभित्र भावी नेताका रूपमा एकाएक यानप्रसाद गौतमको उदय भयो। तर एक दुई वर्षमै गौतम प्रचण्डको चुनौतीका रूपमा खडा भए। यानलाई पार्टीको आन्तरिक कारबाहीमा मारियो। यानप्रसादको सफायाअघि नै प्रचण्डले २०५५ सालमा दिल्लीको फरियावादमा सम्पन्न बैठकबाट जिल्लास्तरका आठजना नेतालाई एकैचोटि केन्द्रीय सदस्य बनाए। बाबुरामलाई समाप्त पार्न अघि सारिएका यानप्रसादले धोका दिएको भन्दै जिल्ला कमिटीबाट केन्द्रीय कमिटीमा ल्याइएका नेताहरू थिए– ‘अर्घाखाँचीका चन्द्रप्रकाश खनाल, रुकुमका जनार्दन शर्मा र नेत्रविक्रम चन्द, रोल्पाका वर्षमान पुन, भक्तपुरका रवीन्द्र श्रेष्ठ, मणि थापा र शक्ति बस्नेत।’ यी आठजनालाई प्रचण्डले यसरी आफ्नो हनुमान बनाएका थिए कि ‘एक्लाएक्लै भेटेर अब म पछि तिमी नै नेता हुने हौ, बाबुरामले उछिन्न सक्छ ख्याल गर्नु भन्थे। यसरी तिमी म पछिको नेता हौ, बाबुरामले उछिन्ला ख्याल गर्नु है भनेर आफूलाई मात्र होइन, चार/पाँचजनालाई प्रचण्डले एक्ला–एक्लै भन्ने गरेको चाल सर्वप्रथम रवीन्द्र श्रेष्ठले नै पाए। त्यसपछि वर्षमान पुनले पाए।
रवीन्द्र श्रेष्ठलाई भने ‘१२ बुँदे दिल्ली सम्झौता नहुँदासम्म प्रचण्डपछि म नै नेता हुने हो, बाबुरामलाई सिध्याउनुपर्छ भन्ने लागि रह्यो।’ बाबुरामलाई श्रम शिविरमा कैद गरी मृत्युदण्ड दिने अभियानमा रवीन्द्र श्रेष्ठ बढी अग्रसर हुनुको एउटै कारण थियो–’प्रचण्डले मलाई नै नेृतत्व हस्तान्तरण गर्नेछन्।’ रवीन्द्रलगायत तिनै मह140वाकांक्षी युवाहरूको सक्रियतामा प्रचण्डलाई प्राधिकार बनाइयो। कार्लमार्क्स, लेनिन र माओसँगै प्रचण्डको नाम पनि समावेश गरियो। प्रचण्डपथको अवधारणा ल्याइयो। प्रचण्डपथबाट प्रचण्ड विचारधारा हुँदै प्रचण्डवादमा फड्को मार्ने योजना पूरा नहुँदै भट्टराईको सक्रियतामा १२ बुँदे दिल्ली सम्झौता सम्पन्न भयो। प्रचण्डले मह140वाकांक्षी बनाएका आठ युवामध्ये वर्षमान पुनलाई भट्टराईले आफ्नो ग्रिपमा लिए। १२ बुँदे दिल्ली सम्झौता चित्त नबुझेपछि मणि थापा भट्टराईसँग अडिन सकेनन्। तर वर्षमान पुनको भने अहिलेसम्म लगातार उन्नति भइरहेको छ। आफूलाई सिध्याउन प्रचण्डद्वारा अघि सारिएको वर्षमानलाई नै प्रयोग गरेर प्रचण्ड सिध्याउने रणनीतिअन्तर्गत भट्टराईले साधारण सदस्यताबाहेक पार्टीको सबै पदत्याग गरेको निकटस्थहरू बताउँछन्। स्रोतका अनुसार अब वर्षमान पुनलाई महासचिव बनाएर संविधानसभा निर्वाचनमा भाग लिनुबाहेक अध्यक्ष प्रचण्डसँग अर्काे विकल्प छैन। वर्षमानलाई महासचिव बनाउनासाथ कृष्णबहादुर महरा प्रचण्डसँग रहने छैनन्। अन्ततः बाबुरामको यही रणनीतिका कारण अध्यक्ष पद छाड्न प्रचण्ड बाध्य हुनेछन्, स्रोतले भन्यो।समाचार स्रोतका अनुसार वरिष्ठ नेता भट्टराईले आफूसँग भएको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लिंकसँग वर्षमान पुनलाई एकाकार गराइसकेका छन्। पुनलाई बाबुरामकै योजनामा अर्थमन्त्री बनाइएको थियो। पुनलाई कम्तीमा ६ महिना गृहमन्त्री बनाएर थप अनुभव बटुल्ने अवसर प्रदान गर्न भट्टराई लागेका थिए, तर सत्ता समीकरणका कारण यो अभियान सफल हुन सकेन।
No comments:
Post a Comment