जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गत नदी नियन्त्रण योजनाले
उपभोक्ता समिति मार्फत् करिब १ सय ५० मिटर लामो तटबन्ध बनाइरहेको छ। विभाग
स्रोतका अनुसार १ मिटर लामो रिटेनिङ्/ग्याविन वालको लागि झण्डै २ लाख १५ हजार रुपैयाँको दरले सरकारले बजेट दिएको छ। आश्रमले पोहोर सालदेखि नै विभागसँग खोलामा तटबन्ध बनाइदिन माग गरिरहेको थियो। भक्तपुर डिभिजनले २६ लाख रुपैयाँको इष्टिमेट गरेर पठायो। 'एक त खोलो सानो छ, त्यहाँमाथि खोलाको दायाँ बायाँ रहेको चट्टानले नै तटबन्धको काम गरिरहेको छ,' विभागका एक सिनियर इञ्जिनियरले भने, 'आवश्यक नदेखेर हामीले बजेट दिएनौं।' कोइराला अर्थ मन्त्री भएपछि पासा पल्टियो। उनी सचिव रहँदै स्वामीका भक्त थिए। आश्रममा बरोबर गइरहन्थे। उनले तटबन्धका लागि वैशाखमा २ करोड दिए। काम भक्तपुर डिभिजन मार्फत् नगरि सिधै विभागमै रहेको आयोजना मार्फत् हुने भयो। '

२६ लाखको इष्टिमेटको विवाद होला भनेर पनि माथिबाटै काम गराउने योजना
बन्यो,' ती इञ्जिनियरले भने। असार दोस्रो साता त्यही कामका लागि फेरि १ करोड ५० लाख थपी बजेट दिइयो।
मध्ये बर्खामा पनि दुईघट्ट पानी नभएको खोलामा युद्धस्तरमा काम भइरहेको छ।
चारवटा डोजर तैनाथ छन्। लाग्छ, यो बर्खामा मुलुकमा सबैभन्दा बबण्डर गरेको
नदी त्यही हो। कामको रेखदेखमा खटिएका छन्, त्रिविक्रम गुरागाइँ। उनी पनि स्वामी जस्तै वैष्णव छन्। हेटौंडा उनको घर हो। हेटौंडाबाटे उठेर राष्ट्रिय परिचय बनाएका व्यापारी अजय सुमार्गीको
सिफारिसमा स्वामीलेगुरागाईंलाईरेखदेखको जिम्मा दिएका हुन्। 'असारमा काम
नसकी भएको छैन,' आश्रम परिसरमै सोमबार सेतोपाटीलाई गुरागाँइले भने, 'नत्र
बजेट फ्रिज हुन्छ।'
श्रीवन सामुदायिक वनको उत्तरतिर सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको
आश्रम परिसरमा अरु विकासको काम पनि धमाधम भइरहेको छ। 'सडक, खानेपानी,
स्वास्थ्य, जिल्ला विकास समितिले अलग अलग लगानी गरिरहेको छ,' आश्रमका एक
भक्तले भने, 'स्वामीजीको आशिर्वाद प्राप्त भक्तहरुले नै यसको जोहो गरिदिएका
छन्।' अख्तियार प्रमुख लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त भगवतीप्रसाद
काफ्ले स्वामीका 'भक्त' हुन्। शुक्रवार विभिन्न दलका नेता उच्चपदस्थ
कर्मचारी, प्रहरी, सेनाको भिड लाग्ने स्थानीय बताउँछन्।मन्त्रिपरिषद्का
अध्यक्ष खिलराज रेग्मीको पनि त्यहाँ ओहोरदोहोर छ । आश्रमलाई दोस्रो किस्ता आइसक्दा पनि अर्थ मन्त्रालयले दार्चुला सहित सुदुर
र मध्यपश्चिमका बाढीग्रस्त क्षेत्रका लागि बोलेको बजेट पनि दिएको छैन।
'छालिङ्को आश्रममा ३ करोड ५० लाख गइसक्यो,' जलउत्पन्न प्रकोप नियन्त्रण
विभागका सूचना अधिकृत प्रदीप मानन्धरले भने, 'महाकाली लगायत सुदुर र
मध्यपश्चिमका आठ जिल्लाका लागि अर्थले ६ करोड ५५ लाखको आश्वासन दिएको थियो
तर अझै पैसा आएको छैन।' विभागलाई सुदुर र मध्यपश्चिमका डिभिजनहरुले पैसाको ताकेता लगाएको लगायै
छन्। 'क्राइसिस म्यानेजमेन्टका लागि पनि त्यो पैसा अत्यावश्यक थियो,'
मानन्धरले भने, 'असार मसान्त आउन लागिसक्यो बजेट अत्तोपत्तो छैन।' मुलुकको सुदुर/मध्यपश्चिममा असार सुरुमा अत्यधिक पानी परेकाले महाकाली र
अरु नदीनालाले ताण्डव नै मच्चायो। सरकारले परेको व्योहोर्ने आश्वासन पनि
दियो। तर जलउत्पन्नबाट जानुपर्ने रकम चार सातासम्म पनि पश्चिम लाग्न सकेन। जबकी
काठमाडौंसँग जोडिएको भक्तपुर आश्रमका लागि छुट्टिएको बजेट भने फास्ट
ट्रयाकबाट 'तु' पुगिरहेको छ।
No comments:
Post a Comment