यसअघि ट्राफिक नियमको बिषयमा जनचेतना
जगाउन गोगंबु बसपार्क पुगेका नायक आर्यन सिग्देल र नायिका बेनिशा हमाल
शनिबार बिहान भने बागमती सफाइमा पुगेका छन् । शनिबार बिहान बागमती नदी
सफाइका लागि पुगेका यि दुई अटोग्राफ र फोटो खिचाउनमा नै व्यस्त देखिएका थिए
।
उनीहरुले सिनेमा प्रचार भन्दा पनि धार्मिक महत्वको बागमती सफाइ गर्नु
आफूहरुको दायित्व भएको बताएका छन् । साउन
३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र महुशशका निर्माता कल्याण घिमिरे,
निर्देशक नवल नेपाल पनि बागमती सफाइका लागि पुगेका थिए । चलचित्रमा केकी
अधिकारीको पनि मुख्य भूमिका छ । यसअघि नायक राजेश हमाल लगायतका चर्चित
अनुहारहरु पनि बागमती सफाइ अभियानमा सहभागी भइसकेका छन् ।
No comments:
Post a Comment