Thursday, September 26, 2013

सेक्सले हैन कलाकार र इन्टरनेटका कारण चल्छ नेपाली फिल्म

nepali-kalaar                आखिर किन चल्दैनन् त नेपाली सिनेमा । दर्शकको आकर्षण नेपाली सिनेमामा किन हुन सकेको छैन । बहस र चर्चा दैनिक रुपमा नै हुने गर्दछ । तर नेपाली सिनेमा नचल्नुको कारण आजसम्म पनि कसैले भेउ पाउन सकेका छैनन् ।
                      तर चलचित्र ‘मौन’ले विभिन्न ६० भन्दा बढि काठमाण्डौका कलेजमा गरेको एक सर्वेक्षणले नेपाली सिनेमामा युवापुस्ताको आकर्षण घट्नुको कारण पत्ता लगाएको छ । कलाकारको फित्तलो अभिनय, सिनेमाको कमजोर प्रस्तुतीकरण, आवश्यकता भन्दा कम बजेट र कमजोर कथावस्तुको कारण नेपाली सिनेमा नचलेको सर्वेक्षणले देखाएको छ ।
                      नेपाली सिनेमा हेर्न युवापुस्ताहरु कलाकारलाई हेरेर जाने गरेका छन् । कलाकार, यसपश्चात कथा, ट्रेलर, गीत र पोष्टर नेपाली सिनेमालाई हलसम्म युवापुस्ता तान्ने मुख्य आकर्षण बनेका छन् । सिनेमाको बिषयमा
दर्शकले ईन्टरनेटबाट सबैभन्दा धेरै जानकारी लिने गरेका छन् । ६५ प्रतिशतले इन्टरनेटबाट सिनेमाको जानकारी पाउने गरेका छन् भने पत्रिकाको माध्यमबाट २० प्रतिशतले समाचार थाहा पाउने गरेको बताएका छन् ।
                       करिब ६ सय विद्यार्थीमाझ गरिएको सर्वेक्षणमा उनीहरुले कमेडी सिनेमा हेर्न चाहेको बताएका छन् । उनीहरुले चलचित्रको भिडियो भन्दा अडियो धेरै सुन्ने गरेको बताए । नेपाली सिनेमा आजसम्म टिकिरहनुको कारण काठमाण्डौ बाहिरका दर्शक भएको तर्क विद्यार्थीहरुको छ ।

No comments:

Post a Comment