Friday, August 16, 2013

युवा संघको पक्ष र विपक्षमा एमाले विभाजित

                विराटनगर, साउन ३२–नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा देखिएको विवादसँगै पार्टी नेताहरु नै विभाजित भएका छन् । मोरङको गोठगाउँमा जारी युवा संघको केन्द्रीय समिति बैठकको पक्ष र विपक्षमा नेता तथा कार्यकर्ताहरु दुई कित्तामा बाँडिएका हुन् ।
                  अध्यक्ष महेश बस्नेत पक्षको युवा संघ केन्द्रीय समिति बैठकलाई एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपालले समर्थन गरेका छैनन् । तर, बरिष्ठ नेता केपी ओली, उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोख्रेल लगायतले केन्द्रीय समिति बैठकलाई समर्थन गरेका छन् । उपाध्यक्ष झपट रावल पक्षले बहिस्कार गरेको
युवा संघ केन्द्रीय समिति बैठकलाई महासचिव पोख्रेलले शुक्रबार सम्बोधन गर्दै छन् । पार्टी अध्यक्ष खनालले बैठक रोक्न दिएको निर्देशन अवज्ञा गर्दै बस्नेत पक्षले कार्यक्रम शुरु गरेको थियो । पार्टीको प्रभावशाली संगठन युवा संघको पक्ष र विपक्षमा पार्टी नेताहरु नै विभाजन हुनुलाई नवौं महाधिवेशन नजिकिदै गर्दा पार्टीको समिकरण बदलिन लागेको संकेतको रुपमा लिइएको छ ।

No comments:

Post a Comment