Tuesday, December 17, 2013

नियमविपरित निलकण्ठले मागे पेन्सन

nilkhantha          काठमाडौं,पुस २ – प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पेन्सनका लागि निवेदन दिएको स्विकार गरेका छन् । आफुले सरकारका विभिन्न विकास समिति हुँदै निर्वाचन आयोगमा रहेर काम गरेको ४० बर्ष भएकाले पेन्सन माग्नु स्वभाबिक भएको उप्रेतीको दावी छ ।
                      ‘मैले निरन्तर ४० बर्षसम्म सरकारका विभिन्न निकायमा रहेर काम गरेकाले पेन्सनको दावी गरेको हुँ’उप्रेतीले भने । आफुले सरकारी क्षेत्रमा गरेको सेवालाई कदर गरी सरकारले पेन्सन दिनेमा आफु विश्वस्त रहेको पनि उनले बताए । स्थायी पदमा रहेर काम नगरेको व्यक्तिलाई सरकारले कसरी पेन्सन दिन मिल्छ भन्ने प्रश्नमा उप्रेतीले भने,‘मैले सरकारी सेवामा चार दशक लामो समयसम्म काम गरेकाले पेन्सन पाउनुपर्छ भन्ने मेरो माग हो ।’ सामान्य प्रशासन मन्त्रालयले उप्रेतीको निवदनमा परामर्श गर्न भन्दै कानुन मन्त्रालय पठाएको र त्यो फाइल कानुन मन्त्रालयले महान्याधिबक्ताको कार्यालयमा पठाएको वुझिएको छ । स्रोतका अनुसार महान्याधिक्ताको कार्यालयले गोलमटोल भाषामा उनलाई पेन्सन दिन सकिने सुझाब दिएको छ ।

No comments:

Post a Comment