बनाइएपछि एनेकपा माओवादीले प्रचण्डका लागि
सुरक्षित निर्वाचन क्षेत्र खोज्न थालेको छ। उनी काठमाडौं क्षेत्र नम्बर १०
बाट उम्मेदवार बन्ने निश्चित भए पनि तराईबाट उठ्ने घोषणा गरिसकेकाले तराईको
कुनै एक क्षेत्र पनि खोज्न थालिएको छ। तराई मधेशबाट उम्मेदवार बनेर जित्ने
अवस्था नदेखिएपछि प्रचण्डका लागि चितवनको कुनै एक क्षेत्र सुरक्षित गर्न
लागिएको स्रोतले जनाएको छ। चितवनमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको
प्रभाव अन्यत्रको भन्दा बढी नै रहेकाले प्रचण्डले चितवनबाट चुनाव लड्ने आँट
समेत गर्न गाह्रो भएको छ। यसअघि रामबहादुर थापा बादलले जितेको क्षेत्रमै
प्रचण्डको घर पर्छ। तर त्यो क्षेत्रमा प्रचण्डलाई हराउन बादलका मान्छेहरू
खटिने निश्चित छ। अन्ततः आफ्नै भाइ नारायण दाहालले जितेको ३ नम्बर
क्षेत्रबाट प्रचण्डलाई उठाउने सम्भावना रहेको स्रोतले जनाएको छ। मधेशी
मोर्चासँग चुनावी तालमेल भएको खण्डमा प्रचण्ड मधेशको सिराहा वा धनुषाबाट
उम्मेदवार बन्ने चाहनामा थिए। तर त्यो चाहना पूरा नहुने देखिएको छ।
एमाओवादीका शीर्ष नेताहरूमध्ये बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २
नछाड्ने भएपछि नारायणकाजी श्रेष्ठ अप्ठेरोमा परेका छन्। उनी गोरखाकै ३
नम्बर क्षेत्र वा ललितपुर ३ बाट उम्मेदवार बन्न खोजेको बताइएको छ। अघिल्लो
चुनावमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निकै कठिन प्रतिस्पर्धामा जितेका
पोष्टबहादुर बोगटी फेरि त्यही क्षेत्रमा जाने वा अरु सुरक्षित क्षेत्र
खोज्ने भन्ने दोधारमै छ। नुवाकोट ३ अहिले बोगटीका लागि निकै कठिन बनेको छ।
त्यस्तै कृष्णवहादुर महरा पनि दाङ क्षेत्र नम्बर ३ छाडेर रोल्पा जान
चाहन्छन्। तर रोल्पाका स्थानीय एमाओवादी नेताहरूले टुरिष्ट नेताहरूलाई अब
क्षेत्र नछाड्ने भन्ने अडान लिएपछि उनी अप्ठेरोमा परेका छन्। स्थानीयको यो
अडानले नन्दकिशोर पुन पासाङको रोल्पा जाने योजना पनि पूरा नहुने भएको छ।
रोल्पाबाट उम्मेदवार बन्न नपाउने अवस्थामा पासाङ काठमाडौं ४ नम्बर
क्षेत्रबाट उम्मेदवार बन्नेछन्। वर्षमान पुनले भने ललितपुर १ बाटै
उम्मेदवार बन्ने निर्णय गरेका छन्। अहिलेसम्म लिलामणि पोखरेल, दिनानाथ
शर्मा, देवेन्द्र पौडेल लगायतका नेताहरूले निर्वाचन क्षेत्र छान्न सकेका
छैनन्। शर्मा र पौडेल बाग्लुङका भए पनि उनीहरूका लागि त्यहाँ चुनाव जित्न
असम्भव भएकाले सुरक्षित क्षेत्रको खोजीमा छन्। हिसिला यमी भने काठमाडौं ७
बाटै उम्मेदवार बन्ने भएकी छन्.।
Friday, August 16, 2013
प्रचण्डलाई रोल्पा नै प्रलय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment