कांग्रेसनिकट धेरै डनहरू कोइरालाको सम्पर्कमा पुगेका छन्। रोज राणा, संजीव लामा ‘स्याल′, अजय श्रेष्ठ, सगुन श्रेष्ठ लगायत चर्चित डनहरू अहिले सुशीलका दायाँबायाँ देखिन थालेका छन्। हालै भारत भ्रमणबाट पर्कँदा पनि सोही समूह दर्जनौं मोटरसाइकलसहित कोइरालालाई लिन एयरपोर्ट पुगेका थिए। एयरपोर्टमै कोइरालालाई अँगालो मारेर समेत उनीहरूले फोटो
सामाखुशी क्षेत्रका टोले गुण्डाहरू समेत कोइरालाको निकट रहेको बताइन्छ। यता कांग्रेसनिकट अर्का डन समिरमानसिंह बस्नेत एक रात थुनामा परेर छुटेका छन्। चरीमाथि गोली हानेको घटनामा संलग्न भएको आंशकामा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको थियो। तर, सो मुद्दामा ७० हजार धरौटी राखेर उनी रिहा भइसकेकाले उनलाई एक रात थुनेर सोमबार रिहा गरिदिएको हो। उनलाई छुटाउन कांग्रेसका ठूला नेताहरूले प्रहरीलाई दबाब दिएका थिए।
No comments:
Post a Comment