SUSHIL-KOIRALA                   काठमाडौ ।  डनहरूको राजनीतिमा मोह बढ्नु स्वाभाविक हो। तर, नेताहरूको पनि डनहरूप्रतिको मोह आश्चर्यजनक रुपमा बढ्न थालेको छ। सोझा नेता मानिने नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि पछिल्लो समय डनहरूकै घेरामा परेका छन्।
                   कांग्रेसनिकट धेरै डनहरू कोइरालाको सम्पर्कमा पुगेका छन्। रोज राणा, संजीव लामा ‘स्याल′, अजय श्रेष्ठ, सगुन श्रेष्ठ लगायत चर्चित डनहरू अहिले सुशीलका दायाँबायाँ देखिन थालेका छन्। हालै भारत भ्रमणबाट पर्कँदा पनि सोही समूह दर्जनौं मोटरसाइकलसहित कोइरालालाई लिन एयरपोर्ट पुगेका थिए। एयरपोर्टमै कोइरालालाई अँगालो मारेर समेत उनीहरूले फोटो
खिचाएका छन्। कतिपय कारबाहीबाट जोगिन त कतिपय टिकटको लागि कोइरालासँग निकट बनेको स्रोत बताउँछ। रोज राणा टिकटको लबिङमा छन्। त्यस्तै अजय श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान भइरहेकाले त्यसबाट जोगिन उनी पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय भएका छन्। त्यस्तै भक्तपुरका सगुन श्रेष्ठ एक समय रक्तचन्दन तस्करीमा संलग्न व्यक्ति हुन्। संजीव स्याल गोठाटार गोलीकाण्डमा जेल बसेर गत वर्ष मात्र छुटेका थिए।
                   सामाखुशी क्षेत्रका टोले गुण्डाहरू समेत कोइरालाको निकट रहेको बताइन्छ। यता कांग्रेसनिकट अर्का डन समिरमानसिंह बस्नेत एक रात थुनामा परेर छुटेका छन्। चरीमाथि गोली हानेको घटनामा संलग्न भएको आंशकामा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको थियो। तर, सो मुद्दामा ७० हजार धरौटी राखेर उनी रिहा भइसकेकाले उनलाई एक रात थुनेर सोमबार रिहा गरिदिएको हो। उनलाई छुटाउन कांग्रेसका ठूला नेताहरूले प्रहरीलाई दबाब दिएका थिए।