Monday, February 23, 2015

विप्लव माओवादीले एनजिओ वहिस्कार गर्ने

‘एनजिओ भ्रष्टाचारको अखडा 
                  दाङ, फागुन ११ विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारी तथा गैरसरकारी संस्थामा हुने सर्वदलिय बैठकहरुमा सहभागी नहुने जनाएको छ । सरकारी तथा गैरसरकारी कार्यालयहरुमा व्यापक रुपमा भ्रष्टाचार हुने गरेको गोप्य सूचना आफनो पार्टीमा आएको भन्दै आजको मितिदेखि लागु हुने गरी कुनै कार्यालयमा पार्टीको सहभागीता नहुने माओवादी दाङले जनाएको छ । जिल्ला सेक्रेटरी बलबहादुर वली शीतलद्वारा जारी विज्ञप्तीमा सरकारी तथा गरैसरकारी संस्थाहरुमा गम्भिरप्रकारका अपारदर्शी, भ्रष्ट्राचारजन्य क्रियाकलाप भएकाले पार्टीले यो निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यालयहरुबाट जनताले प्राप्त गर्ने कुनै पनि सेवा सुविधामा ढिलासुस्ती, अनियमिताविरुद्ध पार्टीको आन्दोलन र संघर्ष जारी रहने भन्दै भ्रष्ट्रचार न्युनिकरणका लागि यो कदमले सहयोग पुग्ने
माओवादीले जनाएको छ । यस अघि विभिन्न कार्यालयमा माओवादीले आफनो उपस्थिति जनाउँदै आएको थियो ।

No comments:

Post a Comment