Monday, February 23, 2015

जिवन र अनुलाई लिएर ‘बाजिगर’ बन्ने

          बलिउडका वादशाह मानिने साहरुख खानलाई खलपात्रमा देखाइएको चलचित्र ‘बाजिगर’ हिट भयो । यो चलचित्रको संवाद अहिले पनि अधिकांश दर्शकको मुखमा झुण्डिएको छ । अब, यही नाममा नेपाली चलचित्र बनाउने तयारी गरिएको छ । पुराना निर्माता शेखर कोइरालाले यो चलचित्र बनाउने घोषणा गर्दै आज काठमाण्डौको कोटेश्वरस्थित महादेवथानमा शुभसाइत गरेका छन् । चलचित्रमा नायक जिवन लुइटेल, नायिका अनु शाह मुख्य भूमिकामा देखिनेछन् । चलचित्रका लागि एक नायक र एक नायिका अझै पक्का भैसकेका छैनन् । चलचित्रमा धु्रव कोइराला, श्याम राईको पनि
अभिनय रहनेछ । चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, बसन्त सापकोटाको संगीत रहनेछ । चलचित्रको निर्देशन रन्जित रानाले गर्न लागेका हुन् । नायक जिवन लुइटेल अमेरिका रहेकाले पनि उनी आए लगतै यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रको नामको बारेमा कुरा उठेपछि यसको निर्माणपक्षले नाम परिवर्तन गर्ने सोचाई बनाएको छ । वर्कशपसम्म ‘बाजिगर’ नाममै काम अगाडि बढेपनि छायांकन सुरु भएपछि परिवर्तन गर्ने तयारी गरिएको छ ।

No comments:

Post a Comment