Tuesday, June 3, 2014

कसरी फैलियो हनी सिंहको निधनको खबर ?

           ‘लुङ्गी डान्स’ गीतको कोरियोग्राफी गरेपछि गायक हनी सिंहको चर्चा बलिउडमा मात्र नभई विश्वमै भयो । हनी सिंह आइटम नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै हनी सिंहको निधनको खबरले बलिउड बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको निधन भएको भन्दै सामाजिक संजालमा खुबै चर्चा भयो । तर उनै चर्चित र्‍यापरले दुबइमा मस्ती गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहको
नै थियो । तर एक गीतको भिडियोमा हनीलाई यस्तो रुपमा देखिने छ । ‘बि्रंग मी बैंक’ बोलको गीतमा हनी सिंह यस्तो अवतारमा देखिने छन् । जुन तस्बिरलाई आधार बनाएर उनको निधनको हल्ला फैलाइएको थियो ।

No comments:

Post a Comment