हालै
मात्र ईदको अवसर पारेर साहरुखले एकताको निर्माणमा बनेको चलचित्र ‘वन्स अपन
अ टाइम ईन मुम्बई दोबारा’को बिशेष शो आफ्नै निवास मन्नतमा गर्ने सोच
राखेका थिए । साहरुखले यसका लागि एकता कपुरसँग कुरा गर्न आफ्नो बिशेष
मानिस
पनि पठाएका थिए । तर एकताले साहरुखको यति सानो प्रस्तावलाई ठाडै अस्विकार
गर्दै टिकट काटेर हलमै हेर्न भने पछि यसले बलिउडमा चर्चा पाएको छ । साहरुख र
अक्षय कुमार राम्रो साथी भएको र साहरुखकी छोरी सुहाना अक्षयको फ्यान
भएकाले पनि साहरुखले मन्नतमा बिशेष शो गर्ने योजना बनाएका थिए ।
तर एकता कपुरले निक्कै क्रृद्ध व्यवहार
देखाएपछि साहरुख दुखीत भएका छन् । एकताको यो व्यवहारलाई बलिउडका अधिकांश
चलचित्रकर्मीले पनि आलोचना गरेका छन् । साहरुले यसअघि सलमान खान अभिनित
चलचित्र एक था टाइगर, दबंग २ मन्नतमै आफ्ना छोरा र छोरीसँगै हेरेका थिए ।
No comments:
Post a Comment