कुनै समय थियो जतिबेला बलिउडमा नायक अमिताभ बच्चन र नायिका रेखा
बिचको प्रेमसम्बन्धले खुबै चर्चा पाएको थियो । तर यो घटना पछि त्यसै सेलाएर
गयो । रेखा र अमिताभको जोडी पर्दामा पनि निक्कै हिट देखियो ।तर
यो जोडीलाई ३० बर्षसम्म दर्शकले पर्दामा देख्न पाएनन् । यो जोडीलाईे
पर्दामा देख्ने दर्शकको चाहना अब पुरा हुने भएको छ । ‘वेलकम’को सिक्वेलमा
अमिताभ र रेखासँगै देखिने चर्चा यतिबेला बलिउडमा चल्न थालेको छ । फिरोज नाडियडवालाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा अमिताभ र
रेखालाई ३० बर्ष पछि पर्दामा ल्याउने तयारी भैरहेको भारतिय संचारमाध्यहरुले
जनाएका छन् । अमिताभलाई ‘वेलकम’का कलाकार फिरोज खानको भूमिकामा ल्याउने
तयारी निर्माणपक्षको छ । तर निर्माता नाडियडवालाले दुबै कलाकारसँग यो
बिषयमा कुरा नगरेको बताएका छन् । प्रेमसम्बन्धका कारण विवादमा परेपछि दुबैले एक अर्कासँग काम नगर्ने
बताएका थिए । तर अहिले यो कुराले लगभग विश्राम लिइसकेको छ । यसैले पनि रेखा
र अमिताभ पर्दामा सँगै देखिेन सम्भावना बढेको छ ।
No comments:
Post a Comment