Sunday, September 1, 2013

भारतीय राजदूत रे भोलि काठमाडौं आउने

Ranjit Rae                      १६ भदौ, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत रंजित रे आफ्नो कार्यभार सम्हाल्न भोलि काठमाडौं आउनु हुने भएको छ । रे भोलि अपराहृन काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । राजदूत रेले बुधबार नै राष्ट्रपति डा. रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्ने कार्यक्रम छ ।   नेपाल मामिलाका जानकार मानिएका राजदूत रे यसअघि भियतनामका लागि राजदूत हुनुहुन्थ्यो । संविधानसभा निर्वाचन अघि नेपाल आउन लागेका रेले अघिल्लो राजदूत जयन्तले भन्दा बढी सक्रियता देखाउने बताइएको छ । निवर्तमान राजदूत जयन्तप्रसाद भने आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर अघिल्लो साता भारतको राजधानी
नयाँदिल्ली फर्किसक्नु भएको छ ।

No comments:

Post a Comment