Tuesday, September 17, 2013

नयाँ रणनीति बनाउँदै वैद्य माओवादी


३३ दलले आजै आफ्नो धारणा सार्वजनिक गर्ने


              १ असोज, काठमाडौं । सरकार र प्रमुख राजनीतिक दलहरुले २५ बुँदे बाधा अड्काऊ तत्काल संशोधन गरी मंसिर ४ को चुनावलाई तिब्रता दिने बताएलगत्तै वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पनि आफ्नो रणनीति तयार गर्न मंगलबार बैठक डाकेको छ ।
            राष्ट्रपति र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल भएपछि भावी रणनीति तय गर्न नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक बुद्धनगरमा डाकिएको हो । ३३ दलको बैठकअघि कार्यदलको बैठक बस्ने माओवादी सचिव देव
गुरुङले बताउनुभएको छ ।
                माओवादी पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा वार्ता र सहमति प्रयासको समीक्षा गर्दै चुनाव बहिस्कार आन्दोलनलाई प्रभावकारी बनाउनेबारे छलफल हुन स्रोतले बतायो । मोर्चाले बेलुका पत्रकार सम्मेलन गरेर बैठकको निर्णय एवं आफ्ना धारणाहरु सार्वजनिक गर्ने जनाएको छ ।

No comments:

Post a Comment