Sunday, October 27, 2013

राजधानीमै जलाइयो नरहरि आचार्य र राजेन्द्र पाण्डेको गाडी

सुशील कोइरालको गाडीमा पनि आगजनी

                      ११ कात्तिक ,काठमाडौं  । काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार नरहरि आचार्यले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । धापासीको कृष्ण मन्दिर नजिकै सडकमा गाडी राखेर उम्मेदवार आचार्य मतदातासँग भोट माग्न घरदैलोमा हिडेंको समयमा आगजनी भएको हो ।
               मोटरसाइकलमा आएका व्यक्तिहरूले  बिहान करिब साढे ९ बजेको समयमा पेट्रोल छर्केर उम्मेदवार आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगजनी गरेर भागेका
थिए । आगजनीबाट गाडीको इन्जिन र अगाडिको भाग जलेको छ ।
                       सडकमा राखेको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएर भागेका थिए । उम्मेदवार आचार्यको गाडीमा आगो लगाउने समूहको पहिचान हुन सकेको
छैन । आज बिहानै प्रहरी र सेनाको उच्च निगरानीमा रहेको नारायणहिटी उत्तर ढोका अगाडि  एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजनी भएको छ ।
                    नारायणहिटी अगाडि पार्क गरी राखेको नेता पाण्डेको गाडीमा आगो लगाएछि ‘नेकपा एमाले मुर्दावाद नेकपा-माओवादी जिन्दावाद’ भन्दै आगो लगाउने व्यक्तिहरू भागेको प्रत्यक्षदर्शीले बताएका छन् । सेना र प्रहरी २४ घण्टा सुरक्षामा खटिने स्थानमै गाडीमा आगनजी भएपिछ चुनावी सुरक्षा रणनीतिमा समेत गम्भीर प्रश्न उठेको सुरक्षाविदहरूको भनाइ छ ।  महानगरीय प्रहरी प्रभागले आगो तत्काल निभाउन सकिएकाले ठूलो क्षति नभएको जनाएको छ ।
सुशील कोइरालको गाडी पनि जलाइयो
                           चुनावी प्रचारमा बाँकेमा रहेका नेपाली कांग्रसेका सभापति सुशील कोइरालको गाडीमा पनि अज्ञात समूहले आगो लगाएको छ ।नेपालगञ्जस्थित पार्टी कार्यालय अगाडि राखिएको कोइरालाको गाडीमा अज्ञात समूहले विहान आगो लगाएर भागेका थिए । गाडीमा लगाएको आगो स्थानीयबासीले तत्कालै निभाउन सकेकाले धेरै क्षति नभएको नेपाली कांग्रेसले जनाएको छ ।

No comments:

Post a Comment