४२ दिनसम्म थाइल्याण्डमा चलचित्रको सुटिङ
सकेर ‘स्टूपिड मन’ यूनिट काठमाण्डौ फर्किएको छ । ३५ दिनको सेड्यूल बनाएर
थाइल्याण्ड पुगेको चलचित्रको यूनिट प्राविधिक कारणबस केही समय ढिला नेपाल
फर्किएको हो । मौसम र क्यामेराका कारण केही ढिला भएको निर्देशक दिवाकर
भट्टराइले जानकारी दिएका छन् ।विवेक
शाही र नायक निरज बरालको निर्माणमा तयार भएको यो सिनेमाको सम्पूर्ण
छायांकन थाइल्याण्डमा नै गरिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार
भएको यो चलचित्रमा निरज बराल,जीवन लुइटेल, चाँदनी शर्मा र रिजु श्रृष्ठको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सोचेको भन्दा राम्रो
भएको भन्दै स्थानिय प्रशासन र थाइल्याण्ड सरकारबाट पनि राम्रो साथ पाएको
निर्देशक भट्टराइको तर्क छ । चलचित्रले माया र प्रेमको कथा बोल्छ ।
थाइल्याण्डमा बस्ने युवक र उसको जीवनमा घेरिएको विभिन्न घटनाको सेरोफेरोमा
स्टूपिड मन घुमेको छ ।
यसअघि ‘मेरो जीवन साथी’ बनाएका निर्देशक
भट्टराइले ‘स्टूपिड मन’लाई पनि दर्शकले साथ दिने बताए । चलचित्रमा अर्जुन
पोखरेलको संगीत, चन्द्र शर्माको द्वन्द्व, संजय लामाको छायांकन छ ।
No comments:
Post a Comment