Sunday, October 27, 2013

कार्यकर्ता रिहाइ र प्रचण्डको कार्यक्रमविरुद्ध आज पूर्वाञ्चल बन्द

                ११ कात्तिक पुष्पकमल दाहाल प्रचण्डको चुनावी अभियानलाई प्रभावित पार्ने तथा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताको रिहाईको उद्देश्यले संघीय लिम्बुवान राज्य परिषदले आजक पूर्वका केही जिल्लामा बन्दको आह्वान गरेको छ ।
                     लिम्बुवानको बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पसल ठप्प छ ।
                यसअघि बन्द र तोडफोड र विरोधमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका १२ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । यस्तै एमाओवादीका अध्यक्ष प्रचण्डको चुनावी सभालाई विथोल्ने
गरी नेकपामाओवादीले गरेको ओखलढुंगा ताप्लेजुङ सोलुखुम्बु जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दका कारण सदरमुकामबाट जिल्ला बाहिरिने र भित्रने कुनै साधन चल्न सकेका स्थानीय पत्रकारहरुले जनाएका छन् । प्रचण्ड हेलिकप्टरमार्फत दिउँसो सोलुखुम्बु, ओखलढुंगा र त्यसपछि ताप्लेजुङ जाने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment