Sunday, October 27, 2013

‘बेशरम’ फ्ल्प भएपछि रणबीर बेरोजगार

ranbirkapoor-besharam              ११ कात्तिक । बलिउडका स्टार अभिनेता रणबीर कपुर अहिले बेरोजगार बन्न पुगेका छन् । फिल्म ‘बेसरम’ रिलिज पछि उनले कुनै फिल्ममा अनुबन्द भएका छैनन् ।
                   ‘मसँग अहिले कुनै फिल्म छैन’ रणबीर कपुरले सञ्चारमाध्यममा भनेका छन् । मुम्बईमा एक उत्पादनको प्रचारको मौकामा एक पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले सो बताएका थिए ।  रणबीरले आफ्नो पारिश्रमिक बढाएर २० करोड भारु पुर्‍याएको भन्ने हल्ला चलिरहेको बेला
पत्रकारले सोधेका प्रश्नमा उनले भने, ‘यो कस्तो कुरा हो । तपाईले मेरो पछिल्लो फिल्म हेर्नु भएको छैन ? अहिले म बेरोजगार छु ।’
              रणबीरले आफ्नो फिल्म ‘बेसरम’ खराब रुपमा फ्लप भएको जिकिर गरेका हुन् । सो फिल्ममा उनका साथ उनका बाबु ऋषि कपुर र आमा नीतू कपुरले पनि अभिनय गरेका छन् । उनले हाल आफू ‘बेसरम’ गरेकोमा कुनै संकोच भने नलागेको बताए ।

No comments:

Post a Comment