परासी, चैत १६। नवलपरासीको प्रतापपुर गाउँ विकास समिति– ५ गङ्गापुरमा रहेको इन्दिरा सुगर मिलमा शनिबार आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मिलका महाप्रबन्धक सुरेन्द्र सुक्लाका अनुसार हावाहुरीसँगै लागेको आगोबाट मिलमा रहेका करोडौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएका छन्।
मिलमा आगो लागेपछि रामग्राम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। दिउँसो मिलमा रहेको बकासबाट सल्केको आगोले मिलका अधिकांश सामान जलेर नष्ट भएका हुन्।यसैबीच हावाहुरीका कारण शुक्रबार रामग्राम नगरपालिकाको मन्जरिया चोकमा लागेको आगोका कारण पाँच घर जलेर नष्ट भएका थिए।
सुख्खा मौसममा चलेको हावाहुरीका कारण चुरे राष्ट्रपति क्षेत्रको वनमा समेत
आगलागी सुरु भई ठूलो क्षति भइरहेको छ। आगलागीबाट जङ्गलमा ढलेका रुख, चरा चुरुङ्गी तथा विभिन्न वन्यजन्तुसमेत समस्यामा परेका छन्।
No comments:
Post a Comment