यो
वर्षको ओस्कर अवार्ड ट्वेल्भ इयर्स अ स्लेभ फिल्मले पाएको छ । अमेरिकाको
लस एन्जलसस्थित डबली थिएटरमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको
छ ।
ऐतिहासिक
कथा भन्ने सिनेमा टुभेल्थ इयर्स अ स्लेभले ८६ औं अस्कर अवार्डमा
सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । ६ वटा प्राविधिक विधासहित
सर्वोत्कृष्ट निर्देशकमा कब्जा जमाउँदै स्पेस ड्रामा ग्राभिटीले उपाधि
रच्यो ।
ग्राभिटी निर्देशक अल्फेन्सो कुरान
अस्कर जित्ने पहिला ल्याटिनो निर्देशक बने । उडी एलेनको ब्लु जस्मिनबाट
अष्ट्रेलियन अभिनेत्री केट
ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री बनिन् ।
डल्लास बायर्स क्लबबाट म्याथु म्याककनग्ले सर्वोत्कृष्ट अभिनेता बने । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको
अवार्ड विभाजित भएको यो लगातार दोस्रो पटक हो । अवार्ड उचाल्दै कुरानले
फिल्मको रुपान्तरणकारी शक्तिको प्रशंसा गर्दै सान्ड्रा बुलकलाई ग्राभिटीको
आत्मा र मुटु भन्दै चर्चा गरे । यो बेलायती फिल्मले सम्पादन, ध्वनी मिश्रण, छायांकन, भिजुअल इफेक्ट र ओरजिनल स्कोरजस्ता प्राविधिक विधामा पनि जित्यो ।सर्वोत्कृष्ट फिल्म टुभेल्थ इयर्स अ
स्लेभ निर्देशक स्टिभ म्याकिनले आफ्नो फिल्मको जितलाई दासता अन्त्य गर्ने
आन्दोलनमा सक्रियहरुलाई समर्पण गरे । ‘सबैजना हातमुख जोर्नका लागि होइन,
बाँच्नकै लागि सक्षम छन्’ उनले भने, ‘यो सोलोमन नर्थअपको सबैभन्दा राम्रो
लिगेसी हो ।’
No comments:
Post a Comment