एमाओवादीका मजदुर नेताहरुलाई पार्टी
प्रवेश गराउने कार्यक्रममा वादवले संविधानसभामा प्रतिक्रिान्तिकारी
शक्तिहरु हावी भएको भन्दै २०४७ सालकै संविधान दोहोरिने बताए ।
क्रान्ति सफल नहुँदै सफल भयो भनेर
आफूहरुलाई धोका दिएकै कारण पार्टी फुटेको भन्दै उनले भने-’जनताले सजाय
दिएकै हुन् । तर, कठोर सजाय दिनुपथ्र्यो ।’ हारेको सेनाले नयाँ विजयलाई पाठ
सिक्दै अघि बढ्ने भन्दै एमाओवददीलाई सच्चिएर अघि
बढ्ने मौका रहेको बताए ।
क्रान्तिकारी शक्तिहरुबीच एकता जरुरी रहेको तर, भावनात्मक रुपमा मात्र एकता
नहुने बताए ।
माओवादी महासचिव बादलले सुशील कोइराला नेतृत्वको यो सरकार कठपुतली भएको समेत बताए ।
कार्यक्रममा एमाओवादीको स्वास्थ्य मजदुर संघका उपाध्यक्ष तेजनारायण घतानेसहित ३१ जना बैद्य माओवादी प्रवेश गरेका छन् ।

No comments:
Post a Comment