स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले धुमाउरो बाटोको प्रयोग गरी
कर्मचारी सरुवा गर्न लागेपछि आयोग सरकारसँग रुष्ट बनेको छ । रातोपाटीलाई
प्राप्त प्रमाण अनुसार सामान्य
प्रशासनले १५ हजार बढी कर्मचारीको पदस्थापना भन्दै सरुवा गर्न लागेको उल्लेख छ । निर्वाचन आयोगसँग यसबारे सहमति मागेको भएपनि आचारसंहिता विपरीत हुने भन्दै सहमति दिएको छैन ।
निर्वाचन आयोग स्रोतका अनुसार यसरी ठूलो संख्यामा कर्मचारीको सरुवा गर्दा कम्तीमा पनि एक महिनाको काम प्रभावित हुने भन्दै चुनावअघि कुनैपनि हालतमा कर्मचारीको सरुवा हुन नसक्ने उल्लेख गरेको छ । ऐन अनुसार पदस्थापना हुने कर्मचारीहरु बाजुरा, सोलु दार्चुला लगायतका स्थानमा पुग्ने सम्भावना देखिएको र विकट ठाउँमा कर्मचारी पुग्न समय लाग्ने र काम सुरु गर्दा समय घर्किन गई सम्पूर्ण चुनावी कार्यक्रम प्रभावित हुन पुग्ने आगोगको ठहर छ ।

यसबारे आयोगले पटक–पटक सरकारलाई पत्राचार गरेको समेत बताइएको छ । तर, सरकारले कुनै स्पष्ट जवाफ नदिएको बताइएको छ । स्रोतका अनुसार आयोगले कर्मचारी सरुवा रोक्न पुनः सरकारलाई पत्र पठाउने तयारी गरेको छ ।
No comments:
Post a Comment