Thursday, July 18, 2013

मोटरेबल पुल निर्माण गरिदिन चीनलाई सरकारको आग्रह !

कुस्मा-बलेवा (नेपाने) मोटरेबल पुल (ट्रस्ट ब्रीज) बन्ने आशा पलायो !

belly-bridge-demo-pic            पर्वत, २०७० साउन ३ । गत २०६९ साल असोज महिना देखी पर्वत सदरमुकाम कुस्मा देखी बागलुङ नारायणस्थान गाविस नेपाने जोड्ने प्रस्तावित कालीगण्डकी मोटरबल पुल निर्माण गर्ने प्रकृया प्रारम्भ गरिएको करीब दश महिना पछी त्यो परिकल्पनाले साकाररुप पाउने संभावना बढेको छ ।
               यस मोटरेबल पुलको आवश्यकता र निर्माणलाई लिएर बागलुङ बलेवाका एक समाजसेवी मेघनाथ शर्मा पौडेलको सत्प्रयासलाई बागलुङ र पर्वत जिल्लाका राजनैतिक दलहरु, विभिन्न संघ संस्था, समाजसेवी, बुद्धिजीवी, आम नागरिकको व्यापक समर्थन र सहयोग रहेको यो प्रस्तावित कालीगण्डकी मोटरेबल पुल बनाउन नेपाल सरकारले चीन सरकारसँग प्रविधि र आर्थिक सहयोग गर्न प्रस्ताव गरेपछी स्थानीय जनतामा पुल बन्ने आशा
र विश्वास पलाएको हो ।
              कुस्माबजार र बागलुङको बलेवा जोड्न निर्माण गरिने मुलुककै लामो कुस्मा–नेपाने कालीगण्डकी मोटरेबल पुल निर्माणका लागि प्रविधि र आर्थिक सहयोग गर्न चीन सरकारलाई अर्थ मन्त्रालयले प्रस्ताब गरेको छ ।
            प्रस्तावित कालीगण्डकी मोटरेबल पुलको लम्बाई ५ सय १० मिटर छ भने कालीगण्डकी नदीदेखि झण्डै २ सय ७ मिटरको उचाईमा निर्माण गरिने योजना छ ।

No comments:

Post a Comment