चुनावको मिति नजिकिँदै गर्दा दलहरू त्यति नताते पनि सुरक्षा निकाय भने तातिसकेको छ। गत सोमबार सुरक्षाकै विषयमा मध्यरातिसम्म छलफल चल्यो। गृहमन्त्री माधवप्रसाद घिमिरेको अध्यक्षतामा
बैठकमा गृहसचिव, तीनै वटा सुरक्षा निकायका प्रमुख गृहका सहसचिव, क्षेत्रीय प्रशासक तथा क्षेत्रीय र उपत्यकाका सुरक्षा प्रमुखहरू सहभागी थिए। उनीहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्था र चुनौतीको विषयमा समेत प्रस्तुती दिएका थिए। बेलुका आठ बजेपछि गृहसचिव तथा गृहमन्त्रीले उनीहरूलाई निर्देशन दिएका थिए। बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोती गुरुङले समेत सुरक्षा अवस्थाबारे समीक्षा गरेका थिए। बैठकमा सुरक्षाको बारेमा कुनै उनले नयाँ तथ्य खुलाउन सकेनन्। देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट सुनेर अन्य प्रहरी निकायका अधिकारीहरू छक्क परेका थिए।
जुन कुरा गृहमन्त्री घिमिरेलाई समेत मन परेन। बैठकको अन्तिममा निर्देशन दिने क्रममा उनले गुप्तचरको चर्को आलोचना गरेका थिए। आलोचना सुनेर विभागका प्रमुख गुरुङ लगायतका अधिकारीले शिर निहुराएको सहभागी एक प्रहरी अधिकारीले बताए।
No comments:
Post a Comment